मुग्लिन पुलबाट बुबाले हाम फाले, सडकमा परिवारको रूवाबासी (भिडियो)

दशैँमा परिवारमा रूवाबास पारेर एक बृद्धले मुग्लिन पुलबाट हाम फालेर संसार छाडेका छन् । मुग्लिन बजारमा दशैंको चहलपहल थियो । दशैंका यात्रुको सवारी चापले मुग्लिन बजार र सडक भरिएको थियो । मुग्लिन बजारहुँदै पोखरा तर्फ लाग्ने पुलमा दिनभर सवारी चाप हुन्थ्यो । सबेरै बिहानको सुनसान मौकामा एक वृद्धले पुलबाट हाम फालेर आफ्नै प्राण लिए ।

हेटौडा घर भएका माइला भोटेको घरमा दशैँको रमझम सुरू भएको थियो । तर उनी एकाएक चटक्कै घर छाडेर हिडे । ६५ बर्षीय यी बृद्धले मुग्लिन पुलबाट हाम फालेर आफ्नो जीवनलिला समाप्त पारे । अरूका घरमा दशैँ भित्रिदै थियो तर माइला भोटे घरबाट वेपत्ता भएपछि उनको घरमा रूवावास चल्यो ।

भिडियोः

दशैंको ९ दिन पहिले हेटौडास्थित आफ्नो घरबाट हिडेका माइलालेले मुग्लिनको एक पसलमा बिहानै चुरोट किनेका थिए । उनको विछिप्त अवस्था देखेर स्थानीयले उनको तस्बिर खिचेर फेसबुकमा राखेका थिए । त्यही दिन उनले मुग्लिन पुलमा चप्पल चिनो छाडेर त्रिशुली नदीमा हाम फालेका उनका ठूला ज्वाइँ प्रेमबहादुर बमजनले बताए ।

परिवारले कैयौं दिन माइला भोटेलाई खोज्यो । पुलबाट हाम फालेको थाह पाएपछि त्रिशुलीमा खोजी गर्दा पुलदेखि करिव ५ किलोमिटर टाढा किनारामा शव तैरिएको देखेपछि परिवारको रूवावासीले मुग्लिन–नारायणगढ सडकमै जाम हुनेगरी यात्रु र सवारी साधन रोकिए । सडक किनारामा परिवारका सदस्यको रूवावासी चलिरहेको थियो भने त्यसको ठिक तल त्रिशुली किनारामा बृद्धको शव तैरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई