धनगढी ब्जुजद्वारा खेलाडी सार्वजनिक

 पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ । मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा तयारी पूरा हुनाका साथै खेलाडीसमेत सार्वजनिक गरिएको जनाएको हो । ब्लुजले अक्सनबाट १३, दुई आइकनिक र दुई विदेशी खेलाडी सार्वजनिक गरेको हो ।नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको ब्लुजले विदेशी कोटामा दुवै इग्ल्यान्डका खेलाडी ल्याएको छ । पिपिएलका लागि ब्लुजले इग्ल्यान्डका ड्यान लरेन्स र पिटर डेभिड ट्रेगोलाई अनुबन्ध गरेको सो अवसरमा प्रशिक्षक मनोज कटवालले जानकारी दिनुभयो ।

दुवै विदेशी खेलाडी मङ्गलबार बेलुकी नेपाल आइपुगेका र आज बिहान प्रशिक्षणपश्चात पोखरा जाने उहाँले पत्रकारसम्मेलनमा बताउनुभयो । ब्लुजले आइकनिक खेलाडीका रुपमा यू–१९ टोलीका सुबेन्धु पाण्डे र अरुणसिंह ऐरीलाई अनुबन्ध गरेको छ । ब्लुजबाट खेल्ने अन्य खेलाडीमा मञ्जित श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तोष भट्ट, रोबिन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, दिलीप नाथ, सागर ढकाल, सन्दीप जोरा, निर्दाेष अन्सारी, सौरभ खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली छन् ।क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पिपिएल क्रिकेट यही कात्तिक ९ गते शुक्रबारदेखि पोखरामा शुरु हुँदैछ । ब्लुजले पहिलो खेल काठमाडौँ रोयल्ससँग कात्तिक ११ गते खेल्ने छ ।(रासस) 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।