अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो म्याच फिक्सिंग (भिडियो)

कतारको अरेवी समाचार एजेन्सी अल जजिराले अन्तर्राष्ट्रिय क्रिकेट सम्बन्धि गरेको एक स्टिंग अप्रेशनमा म्याच फिक्सिंग सम्बन्धि सनसनीपूर्ण खुलासा गरेको छ । 

समाचारअनुसार २०११ र २०१२ मा १५ वटा खेलमा २६ पटक म्याच फिक्सिंग गरिएको छ । यसमा पाकिस्तान, अस्ट्रेलिया र इंग्ल्याण्डका खेलाडी समावेश रहेको बताइएको छ ।

तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अलफ जजिराको यो दावीलाई खारेज गरेको छ । आईसीसीले स्टिंग अप्रेशनको एडिट नगरिएको फूटेज मागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

अल जजिराले ‘क्रिकेट्स म्याच फिक्सर्स : द मनुवार फाइल्ल’ नामको एक डक्यूमेन्ट्री प्रशारण गरेर क्रिकेटमा हुने फिक्सिंगको पर्दापाmस गरेको हो । 

समाचारअनुसार ६ वटा टेस्ट, ६ वटा एकदिवसीय र ३ टी ट्वान्टीमा म्याच फिक्सिंग गरिएको थियो । आईसीसीले पनि सूचनामा राखेको अन्तर्राष्ट्रिय म्याच फिक्सर्स अनिल मुनावरको बयानका आधारमा अल जजिराले ७ वटा खेलमा इंग्ल्याण्ड, ५ वटामा अस्ट्रेलिया र ३ खेलमा पाकिस्तानका खेलाडीले फिक्सिंग गरेको जनाएको छ ।

२०११ मा भारत र इंग्ल्याण्डबीच लड्समा खेलिएको टेस्ट र सोही वर्ष केपटाउनमा भएको दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच भएको टेस्टमा पनि फिक्सिंग भएको दावी छ । 

अल जजिराले २०११ को विश्व कपका ५ वटा खेलमा समेत फिक्सिंग भएको दावी गरेको छ । यस्तै २०१२ मा भएको टी ट्वान्टी विश्व कपका ३ खेलमा पनि फिक्सिंग भएको दावी छ । 

यस्तै २०१२ मा यूएईमा भएका पाकिस्तान र इंग्ल्याण्डबीचका ३ वटा टेस्टमा पनि फिक्सिंग भएको दावी गरिएको छ । 

स्टिंग अप्रेशनमा बूकीले भनेको छ, ‘हामी ६० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय खेल फिक्सिंग गर्न सक्छौं । हामी दुनियामा २५ देखि ३० धेरै ठूला कस्टमर्सका साथ डिल ग‘हामी ६० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय खेल फिक्सिंग गर्न सक्छौं । हामी दुनियामा २५ देखि ३० धेरै ठूला कस्टमर्सका साथ डिल गर्छौ । उीहरु हरेक खेलबाट  देखि १० करोड कमाउँछन् ।,’ 

भारतको मुम्बैमा जन्मेको मुनावर दुबईमा बस्दै आएको छ । भारतीय प्रहरीले पनि उसलाई खोजिरहेको छ ।

अल जजिराले मुनावर २०१० देखि म्याच फिक्सिंगमा लाखेको दावी गरेको छ । यो कुरा आईसीसीलाई पनि थाहा भएको अल जजिराले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।