‘एपीएल’मा सन्दीप लामिछानेको टिमले बल्ख लिजेण्ड्सलाई जित्यो !

 युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा सन्दीप लामिछाने रहेको टिम नगरहर लिओपार्डसले जित निकालेको छ । बुधबार बेलुका भएको खेलमा लिओपार्डसले शीर्ष स्थानको बल्ख लिजेन्ड्सलाई ६ विकेटले हराएको हो ।

युएईको शारजाहमा लिजेन्ड्सले दिएको १३४ रनको लक्ष्य

लिओपार्डसले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । लिओपार्डसका लागि आन्द्रे फ्लेचरले ४८ रन जोडे । यस्तै साहिदीले अविजित ३१ रन जोडे ।  लिजेन्ड्सका अहमेद कमवलले ३ विकेट लिए ।
 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिजेन्ड्सले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३३ रन जोडेको थियो । लिजेन्ड्सका लागि रबी भोपराले ३५ रन जोड्दा डर्विश रासोलीले २७ रन जोडे ।

तर, लिओपार्डसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई लिजेन्ड्सविरुद्ध खेलाएको थिएन । पक्टिया प्यान्थर्सविरुद्ध डेब्यु खेलमा उच्च प्रदर्शन गरेपनि सन्दीपलाई लिओपार्डसले टिममा नराखेको हो । उनले डेब्यु खेलमा दुई विकेट लिएका थिए ।

जितसंगै चौथो स्थानको लिओपार्डसले ८ खेलबाट ६ अंक जोडेको छ । र, लिओपार्डसले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यता, लिजेन्ड्स ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा यथावत छ । 

लिगको पहिलो भेटमा लिजेन्ड्सले लिओपार्डसलाई २५ रनले हराएको थियो । लिओपार्डसले पहिलो खेलको हारको बदला समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।