पेरिस (एजेन्सी) – गत साता युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नेयमारले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सर्बियाली क्लब रेड स्टार बेल्ग्रेडविरुद्ध ६-१ को नतिजा निकालेको थियो । तर उक्त खेलमाथि यूईएफएले छानबिन गर्ने भएको छ ।

सर्बियाली क्लब रेड स्टार बेलग्रेडका एक पदाधिकारीले ‘५ गोलको हार’ हुने शीर्षकमा आफ्नै क्लबविरुद्ध करोडौं रुपैयाँ बाजी राखेको भेटिएपछि खेलमा म्याच फिक्सिङको छानबिन गरिने भएको हो । उक्त खेलको स्थितिबारे फ्रान्सेली प्रहरीले जाँच गरिरहेको इंग्लिस समाचार श्रोत द सन ले जनाएको छ । यदि यो आरोप प्रमाणित भएमा क्लबले ठूलो कारवाहीको सामना गर्नुपर्ने छ ।
श्रोतका अनुसार यस प्रक्रियामा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको छ । खेल हुने केहि दिन अगाडी नै बाजी राखिएको हुनाले खेलमाथि थप शंका उत्पन्न भएको हो । उक्त खेलमा ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक प्रहार गरेका थिए । खेल अवधिभर लिग वान च्याम्पियन पीएसजीले ३४ सट प्रहार गर्दा बेलग्रेडले ५ पटक मात्र पोस्टमा आक्रमण गरेको थियो ।

एकपक्षीय रहेको खेलमा पीएसजीले ७४ प्रतिशत बल पोसेसन आफ्नो पकडमा राखेको थियो । पीएसजीले १३ पटक कर्नर जित्दा बेलग्रेडले कुनै कर्नर पाएको थिएन । खेलको अन्य गोल एडिन्सन कभानी, एन्जल डी मारिया र किलियन एमबाप्पेले गरेका थिए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा