३३ रनमा अलआउट भुटान, नेपाल एक सय १७ रनले विजयी

असोज २३, काठमाडौं । आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको चौथो खेलमा भुटानलाई ३३ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको छ । नेपालले भुटानलाई एक सय १७ रनले पराजित गरेको हो ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले एक रन बनाउँदा दुुई विकेट गुमायो । पहिलो ओभरमा ललित राजवंशीले दोश्रो र तेश्रो बलमा निरन्तर विकेट लिँदै मेडन राखे । दोश्रो ओभरमा सन्दीपले एक रन मात्रे दिए । तेश्रो ओभरमा ललितले २ रन खर्चिंदा चौथो ओभरको पहिलो र पाँचौ बलमा विकेट झार्दै सन्दीपले पनि मेडन राखेपछि भुटानको इनिङ धरासयी बन्यो ।

छटौं ओभरमा पाँचौ बलमा सन्दीपले पाँचौ विकेट लिँदा सातौं ओभरको पाँचौ बलमा ललितले पनि व्यक्तिगत तेश्रो विकेट लिँदै भुटानका ६ जनालाई पेवेलियन फर्काए । भुटान त्यसपछि पनि सम्हालिन सकेन, नेपाली बलर एकपछि अर्को गर्दै हाबी भए । नवौं ओभरमा बसन्त रेग्मीले र दशौं ओभरमा दिपेन्द्रसिं ऐरीले एक एक विकेट लिए ।

११ औं ओभरमा वसन्तले पनि मेडन राख्दै एक विकेट लिएपनि १२ औं ओभरमा दिपेन्द्रले १० रन खर्चिए । ११ ओभरको समाप्तीमा नौ विकेट गुमाएर १६रनमात्रै बटुुलेको भुटानको अन्तिम विकेट लिन भने नेपालले केहीबढि संघर्ष गर्नु पर्यो । भुटानको अन्तिम विकेट १७ औं ओेभरको चौथो बलमा शरद भेसवाकरले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो । नेपालका लागि प्रदिप ऐरीले नटआउट ७५ रन बनाएपछि नेपालले सम्मान जनक स्कोर बनाएको हो । उनले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । प्रदीप प्लेयर अफ दि म्याच घोषित भए ।

तेस्रो बलमा विनोद भण्डारीलाई गोल्डेन डकमा गुमाएको नेपालको इनिङस प्रदिप र अनिल साहले सम्हाले । यी दुइले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । अनिलले २१ बलमा २ चौका र १ छक्काको मदतले २७ रन जोडे ।

करण केसीले अन्तिम दुई ओभरमा ५ बलको सामना गर्दै नटआउट ११ रन प्रहार गरे । आरिफ शेखले १५ बलमा १३ रनको योगदान दिँदा दिपेन्द्रसिंह ऐरी १० बलमा २ चौकासहित १५ रन जोड्दै आउट भए ।

भुटानका संजिवन गुरुङ, रमेश लिम्बू, जिग्मे सिंगे र थिन्ले जाम्सोले एक एक विकेट हात पारे ।लगातार चौथो जित दर्ता गरेको नेपाल तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान आठ विकेटले हराएको थियो। तेस्रो खेलमा आइतबार थाइल्याण्डलाई डकवर्थ लुइस नियमका आधारमा एक सय ४० रनले पराजित गरेको थियो।

१ जित दर्ता गरेको  भुटान भने छैटाैँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको