३३ रनमा अलआउट भुटान, नेपाल एक सय १७ रनले विजयी

असोज २३, काठमाडौं । आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको चौथो खेलमा भुटानलाई ३३ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको छ । नेपालले भुटानलाई एक सय १७ रनले पराजित गरेको हो ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले एक रन बनाउँदा दुुई विकेट गुमायो । पहिलो ओभरमा ललित राजवंशीले दोश्रो र तेश्रो बलमा निरन्तर विकेट लिँदै मेडन राखे । दोश्रो ओभरमा सन्दीपले एक रन मात्रे दिए । तेश्रो ओभरमा ललितले २ रन खर्चिंदा चौथो ओभरको पहिलो र पाँचौ बलमा विकेट झार्दै सन्दीपले पनि मेडन राखेपछि भुटानको इनिङ धरासयी बन्यो ।

छटौं ओभरमा पाँचौ बलमा सन्दीपले पाँचौ विकेट लिँदा सातौं ओभरको पाँचौ बलमा ललितले पनि व्यक्तिगत तेश्रो विकेट लिँदै भुटानका ६ जनालाई पेवेलियन फर्काए । भुटान त्यसपछि पनि सम्हालिन सकेन, नेपाली बलर एकपछि अर्को गर्दै हाबी भए । नवौं ओभरमा बसन्त रेग्मीले र दशौं ओभरमा दिपेन्द्रसिं ऐरीले एक एक विकेट लिए ।

११ औं ओभरमा वसन्तले पनि मेडन राख्दै एक विकेट लिएपनि १२ औं ओभरमा दिपेन्द्रले १० रन खर्चिए । ११ ओभरको समाप्तीमा नौ विकेट गुमाएर १६रनमात्रै बटुुलेको भुटानको अन्तिम विकेट लिन भने नेपालले केहीबढि संघर्ष गर्नु पर्यो । भुटानको अन्तिम विकेट १७ औं ओेभरको चौथो बलमा शरद भेसवाकरले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो । नेपालका लागि प्रदिप ऐरीले नटआउट ७५ रन बनाएपछि नेपालले सम्मान जनक स्कोर बनाएको हो । उनले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । प्रदीप प्लेयर अफ दि म्याच घोषित भए ।

तेस्रो बलमा विनोद भण्डारीलाई गोल्डेन डकमा गुमाएको नेपालको इनिङस प्रदिप र अनिल साहले सम्हाले । यी दुइले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । अनिलले २१ बलमा २ चौका र १ छक्काको मदतले २७ रन जोडे ।

करण केसीले अन्तिम दुई ओभरमा ५ बलको सामना गर्दै नटआउट ११ रन प्रहार गरे । आरिफ शेखले १५ बलमा १३ रनको योगदान दिँदा दिपेन्द्रसिंह ऐरी १० बलमा २ चौकासहित १५ रन जोड्दै आउट भए ।

भुटानका संजिवन गुरुङ, रमेश लिम्बू, जिग्मे सिंगे र थिन्ले जाम्सोले एक एक विकेट हात पारे ।लगातार चौथो जित दर्ता गरेको नेपाल तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान आठ विकेटले हराएको थियो। तेस्रो खेलमा आइतबार थाइल्याण्डलाई डकवर्थ लुइस नियमका आधारमा एक सय ४० रनले पराजित गरेको थियो।

१ जित दर्ता गरेको  भुटान भने छैटाैँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो