फर्किए पोलार्ड वेस्ट इन्डिज टिममा

 वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार गरेर छनौट गरिएको वेस्ट इन्डिजका छनौट समितिका अध्यक्ष कोर्टनी ब्राउनले बताउनुभयो ।

वेस्ट इन्डिज छनौट समितिले १५ सदस्यीय एक दिवसीय टीम समेतको घोषणा गरेको छ । उक्त टीममा नयाँ खेलाडीहरु चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमस रहेका छन् । आगामी सन् २०१९ मा हुने क्रिकेट विश्कपलाई समेत ध्यान दिएर नयाँ खेलाडी छनौट गरिएको कोर्टनी ब्राउनले बताउनुभयो । ब्राउनले आक्रामक ब्याट्सम्यान क्रिस गेल भारत र बंगलादेश विरुद्धको खेलमा उपलब्ध हुन नसक्ने पनि जानकारी दिनुभयो । भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा पाँचवटा एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।