टी ट्वान्टी विश्वकप छनोट : वर्षाका कारण नेपाल र थाइल्याण्डबीचको खेल रोकियो

टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया बीको छनोट प्रतियोगिता हाल मलेसियामा भइरहेको छ । 

आइतबार नेपाल थाइल्याण्डबीच भएको खेलमा पानी पर्दा खेल रोकिएको छ । थाइल्याण्डले १० ओभरमा १८ रन बनाउँदा ९ विकेट गुमाइसेको छ नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउन थाइल्याण्डले ब्याटिंग गरिरहेको छ ।

सन्दीप लामिछानेले ३ ओभरमा ८ रन दिएर ५ विकेट लिएका छन् । यस्तै ललितनारायण राजवंशीले एक र करण केसीले ३ विकेट लिएका छन् । 

यसअघि टस हारेर पहिला ब्याटिंग नेपालले गर्दै १७२ रन बनाएको थियो । नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर सो स्कोर बनाएको हो । नेपालका लागि आठौं नम्बरमा ब्याटिंग गरेका करण केसीले विस्फोटक ब्याटिंग गरे ।

उनले नटआउट १४ बलमा ४० रनको विस्फोटक ब्याटिंग गरे । उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए । मलेसियाको वायुमास ओभल मैदानमा थाइल्याण्डले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएको छ । 

नेपालका लागि विनोद भण्डारी र अनिल शाहले इनिंग शुरुआत गरेका थिए । नेपालके शुरुआत विस्फोटक भए पनि निरन्तर विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो । तर, अन्तिम ओभरमा करणले २४ रन जोडेपछि नेपालले सुरक्षित हुन सक्ने स्कोर बनाएको हो ।

नेपालका लागि शरसद भेसवाकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०,  अनिल शाहले २५ र विनोद भण्डारीले १५ रनको योगदान दिए। यस्तै कप्तान पारस खड्काले ५, आरिफ शेखले ८ र ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने सोमपाल कामीले नटआउट ४ रनको योगदान दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।