आजबाट दसैंका लागि नयाँ नोट साट्न सकिने, कुुन कुन बैंकले साट्छन् नयाँ नोट ?

असोज २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि आगामि २९ गतेसम्म दसैंंका लागि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंक तथा उसले तोकेका अन्य बैंकहरुले यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने भएका हुन् । ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैंक बाहेक वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । विगत वर्षहरुमा जस्तै वाणिज्य बैंकहरुले पनि नयाँ साट्ने छन् । बाणिज्य बैंकहरुलाई नोट उपलब्ध गराइसकेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै बचत था ऋण्को कारोबार गर्ने सहकारी संस्थाहरुले पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठकाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर तथा भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

त्यसैगरी, कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट साट्ने व्यवस्था मिलाइने छ । त्यस्तै,राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, विशालनगर,सानोठिमी तथा नक्साल लगायतका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । यी बाहेक अन्य बैंकहरुले पनि नोट साट्ने व्यवस्था गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा