मलेसियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा मलेसियाबीरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन । उपाधिको एक्लो दाबेदार नेपाललाई जारी प्रतियोगितामा अलि टक्कर दिन सक्ने टोली मलेसिया हो ।

अन्यसबै टोली नेपालले प्रतिस्पर्धा गर्ने भन्दा पनि क्रिकेट सिकाउने जस्ता रहेका छन् । सन् २०१० मा नेपाल र मलेसिया एउटै स्तरका टोली थिए । यी दुवै डिभिजन ५ मा सँगै खेल्थे । तर पछिल्लो ८ बर्षमा नेपाल र मलेसिया क्रिकेटको रफ्तार आकाश पातलको फरक छ ।

नेपाली क्रिकेटको रफ्तार दिनप्रति दिन बढ्दो छ भने मलेसियाको पुरानै स्तरमा रहेको छ । मलेसिया डिभिजन ४ मै कायम रहँदा नेपालले वा डे मान्यता पाई सकेको छ । तर मलेसियाले एक महिना अघि मलेसियामानै सम्पन्न एसिया कप छनोट प्रतियोगितामा नेपाललाई कडा टक्कर दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति