पिएसजीले गोलको वर्षात् गरेपछि…

गएराति भएको च्याम्पियन्स  लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सर्बियाको रेड स्टार बेलग्रेडलाई ६ -१ गोल पराजित गरेको छ ।

Neymar-Hattrik

घरेलु मैदानमा पिएसजीले गोलको वर्षात् नै गरेको थियो । उसका लागि नेयमारले ह्याट्रिक गरे ।

पीएसजीका लागि थप गोल एडिनसन काभानी, एन्जल दि मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । बेलग्रेडका मार्को मारिनले एक गोल फर्काए ।

पीएसजीले २ खेलबाट ३ अंक बटुलेको छ। तालिकाको दोस्रो स्थानमा छ । पराजित बेलग्रेड १ अंक जोडेर पुछारमा छ ।

त्यस्तै गएराति भएको यसै समुहको अर्को खेलमा लिभरपुल नेपोलीसँग १-० गोलले पराजित भएको छ ।

खेल सकिन केही मिनेट बाँकी रहँदा नेपोलीका लागि लोरेन्जो इनसिगले गोल गरेका थिए । नेपोलीको दुई खेलमा चार अंक रहेको छ भने लिभरपुलको तीन अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।