सन्दिपले अफगानिस्तान प्रिमियर लिगका सुरूवाती चार खेल गुमाउने भए

शुक्रबारबाट सुरू हुने अफगानिस्तान प्रिमियर लिगका सुरूवाती केही खेल नेपाली स्पिनर सन्दिप लामिछानेले गुमाउने भएका छन्।

नेपालले खेलिरहेको टी–२० विश्वकप छनोट अन्तर्गत एशिया सब रिजनको प्रतियोगिता पछि मात्र उनी युएई जाने भएकाले अफगानिस्तान प्रिमियर लिगका सुरूवाती चार खेल गुमाउने भएका हुन्।

प्रतियोगितामा सन्दिपले कान्धार नाइट्सबाट खेल्नेछन्। सन्दिपको टिम कान्धारले ६ तारिखमा पहिलो खेल खेल्दैछ। यस्तै ७, ११, र १२ तारिखमा हुने खेल सन्दिपले गुमाउनेछन्।

नेपालले खेलिरहेको छनोट प्रतियोगिता अक्टोबर १२ तारिखसम्मै चल्नेछ।

पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान र सन्दीप लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।