शुक्रबारबाट सुरू हुने अफगानिस्तान प्रिमियर लिगका सुरूवाती केही खेल नेपाली स्पिनर सन्दिप लामिछानेले गुमाउने भएका छन्।
नेपालले खेलिरहेको टी–२० विश्वकप छनोट अन्तर्गत एशिया सब रिजनको प्रतियोगिता पछि मात्र उनी युएई जाने भएकाले अफगानिस्तान प्रिमियर लिगका सुरूवाती चार खेल गुमाउने भएका हुन्।
प्रतियोगितामा सन्दिपले कान्धार नाइट्सबाट खेल्नेछन्। सन्दिपको टिम कान्धारले ६ तारिखमा पहिलो खेल खेल्दैछ। यस्तै ७, ११, र १२ तारिखमा हुने खेल सन्दिपले गुमाउनेछन्।
नेपालले खेलिरहेको छनोट प्रतियोगिता अक्टोबर १२ तारिखसम्मै चल्नेछ।
पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान र सन्दीप लामिछाने रहेका छन् ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।