विश्व टी-२० क्रिकेट छनोट : नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

 

असोज १७, काठमाडौं । आईसिसी विश्व टी-२० क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा हुने खेल नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार मध्यान्ह १२:१५ मा सुरु हुनेछ । म्यानमार विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितसहित उपाधि यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ ।
 
नेपालको सिनियर टिमले सन् २००६ पछि पहिलोपटक म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।
 
उक्त खेलमा नेपालले म्यानमारलाई १० रनमा अलआउट गर्दै मात्र २ बलमा खेल जितेको थियो । यस खेल विश्व क्रिकेट जगतकै सबैभन्दा छोटो खेल मध्येको एक खेल हो । छनोटमा नेपालले आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछन् ।
 
नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ । यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ ।छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति