ए डिभिजन लिग : आज सरस्वती युवा क्लब र संकटा खेल्ने

 

असोज १४, काठमाडौं । साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार हुने खेलमा सरस्वती युवा क्लब र सीएमजी क्लब संकटा आमनेसामने हुँदैछन् । लिगको फेरबदल गरिएको तालिका अनुसार दुई टोली एन्फा कम्प्लेक्समा खेल्नेछन् ।

संकटा र सरस्वती दुवैले यस सिजन मध्ये तालिकामा रहने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । सरस्वतीले अधिकांश स्थानीय र केहि विदेशी खेलाडीको सम्मिश्रण गरेर टोली तयार पारेको छ भने संकटाले युवा र अनुभवी खेलाडीको आडमा लिगको शीर्ष ६ मा अटाउने जमर्को गरेको छ ।

सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले यसअघि पनि लिगको जिम्मेवारी सम्हालिसकेका छन् । संकटाका प्रशिक्षक सल्यान खड्गी भने पहिलो पटक लिगमा जिम्मेवारी सम्हाल्दैछन् । पछिल्लो पटक लिग खेल्दा उनी टोलीका कप्तान रहेका थिए । मोफसलका प्रतियोगितामा सफल नतिजा निकालेपछि उनले प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

संकटाले थ्री स्टारका पूर्व मिडफिल्डर विष्णु गुरुङसहित लक्ष्मण रुचाल, अमित तामाङ, लगायतका खेलाडी छन् । सरस्वतीले पनि अनुभवी फरवार्ड राजकुमार घिसिङलाई क्लबमा आबद्ध गराएको छ । दुवै टोलीमा विदेशी खेलाडी रहेका छन् र सुरुआती रोजाइमा खेल्ने सम्भावना प्रबल छ ।

शनिबार भएको लिगको पहिलो खेलमा आर्मी र एनआरटि २-२ को बराबरीमा रोकिएका थिए । आर्मीले अपेक्षित प्रदर्शन गर्न नसक्दा अन्तिम मिनेटको गोलमा अंक बाँड्नु पारेको हो । राष्ट्रिय टोलीले बंगबन्धु कप खेल्ने भएसँगै लिग आजको खेलपछि स्थगित हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति