पीपीएलमा १ सय ७९ खेलाडीको नाम दर्ता, अक्सन आइतबार हुने

पोखरा प्रिमिएर लिग (पीपीएल) ट्वान्टी –२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करणका लागि १ सय ७९ खेलाडीले नाम दर्ता गराएका छन् । 

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले असोज २ गतेबाट नाम दर्ताका लागि अनलाइन आवेदन खुला गरेको थियो । एक साता समयसीमा तोकेको आयोजकले खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा बर्गिकरण गरेको थियो । त्यसमध्ये क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७ र अनक्याप्डमा ९२ खेलाडीले खेल्नका लागि आवेदन दिएका छन् । क्याप्ड सिनियरमा नेपालको सिनियर टोलीबाट खेलिसकेका खेलाडी छन् भने क्याप्ड एज लेभलमा नेपालको विभिन्न उमेर समूहबाट खेलेका खेलाडी छन् । अनक्याप्डमा स्थानीय खेलाडीलाई राखिएको छ । 

खेल्नका लागि आवेदन दिएका खेलाडीको अक्सन आगामी आइतबार हुनेछ । प्रतियोगितामा एउटा टोलीले कम्तिमा १५ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमा अक्सनबाट कम्तिमा १० खेलाडी अनुबन्ध गर्नुपर्नेछ । अक्सनमा एउटा टिमले अधिकतम १३ लाख रुपैयाँ खर्च गर्न पाउनेछ । 

क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजार रुपैयाँ राखिएको छ भने अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य पनि ५० हजार रुपैयाँ र अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ । अनक्याप्ड खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ । 

अक्सनबाट बाहेक एक टिमले एक मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना स्थानीय आइकन खेलाडीलाई राख्नुपर्नेछ । पोखरामा कात्तिक ९ देखि २० गतेसम्म चल्ने पीपीएलका लागि आयोजकले बिहीबार सहभागी ६ टिमका मार्की प्लेएर र टिम मालिकको नाम सार्वजनिक गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति