प्रधानमन्त्री अमेरिका जाँदै, ट्रम्पले भोज खुुवाउने तर भेट्ने समय दुुई मिनेट मात्रै

 

काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी ओली १३ दिने विदेश यात्राका लागि शनिबार अमेरिकातर्फ प्रस्थान गर्दैछन्। उनी राष्ट्रसंघीय महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन्।

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी भएपछि उनी त्यहाँबाट मध्य अमेरिकी मुलुक कोष्टारिक जाने छन्। प्रधानमन्त्री ओलीले महासभामा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ।

सम्बोधन गर्नुअघि उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। ‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मुख्य विषय रहेको सम्मेलनमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थासहित सरकारले गर्दै आएका कार्य र अन्तर्राष्ट्रिय प्रतिवद्धताबारेमा प्रकाश पार्नेछन्।

उनले ‘नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ। मण्डेलाको सम्मानमा जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो। उनी सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने छन्।

ओली ट्रम्पसँग एकदेखि दुई मिनेट संक्षिप्त कुराकानी गर्न पाउने छन्। राष्ट्रसंघ महासभामा सहभागी हुन आउने प्रतिनिधिमण्डल प्रमुखका दम्पतीका लागि उक्त सम्मान समारोह अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने प्रचलन छ। ट्रम्पले दिएको उक्त पार्टीमा अघिल्लो वर्ष न्युयोर्कस्थित नेपाली नियोगले राम्रो समन्वय गर्न नसक्दा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा होटेलको गेटबाटै फर्कनु परेको थियो।

ट्रम्पको सम्मान समारोहको भोलिपल्ट ओली उच्चस्तरीय सम्बोधनमा सहभागी हुनेछन्। सम्बोधनपछि ओली नेपाली समुदायसँगको भेटघाटसहित साइडलाइन भेटमा सक्रिय बन्नेछन्। बिहीबार सम्बोधन गरेपछि ओली शुक्रबार कोस्टारिका जाने कार्यक्रम छ।

ओलीको सम्बोधनकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क विदेशमन्त्रीसँग अनौपचारिक बैठक गर्नेछन्। सार्क महासचिव अम्जद हुसेन बी सियाल प्रधानमन्त्री ओलीसँगै बसेर यात्रा गर्न लागेका छन्। उनले बाटोमा सार्कका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्नकै लागि त्यस्तो प्रबन्ध गरेको सार्क सचिवालय स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसँग भेट्न चाहेपनि टुंगो लागेको छैन। प्रधानमन्त्रीले स्विजरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेट र कम्बोडियाका प्रधानमन्त्री समेच उर्फ मोह सेना पाडी तेच हान सेनसँग भेट गर्नेछन्। उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस आलभाद्रोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।

उनले कोस्टारिकास्थित राष्ट्रसंघीय शान्ति विश्वविद्यालयमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव, परराष्ट्रका सहसचिव, झापाका मेयर, सुरक्षा गार्ड, चिकित्सक, सरकारी सञ्चारकर्मी, सहयोगीसहित २१ सदस्यी टोली रहनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)