रातो सूचीमा परेका कालिमाटीका थप ५२ स्टल खारेज, २५ वटालाई दिइयो सफाइ

 
 

काठमाडौँ, असोज २ ।सरकारले रातो सूचीमा परेका कालिमाटी फलफुल तथा तरकारी बजारका ५२ स्टलसँगको सम्झौता खारेज गरेको छ भने २५ वटालाई सफाइ दिएको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको बैठकले मनपरि भाडा असुली गरेका तथा नियममा नबसेका कारण ५२ स्टल खारेज गर्ने निर्णय गरको हो । बैठकले २५ वटा स्टललाई सफाइ दिने र सामान्य त्रुटी देखिएको १५ वटा स्टललाई खारेज नगरी थप कागजात माग गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले गरेको तरकारी बजारको अनुगमनका क्रममा रातो सूचीमा परेका ९८ वटा स्टल मध्ये यसअघि नै ६ वटा खारेजीमा परेका थिए । न्युनतम १०–१२ हजारदेखि २० हजारसम्म स्टल भाडा तोकिएकोमा यी मध्येका धेरैले ४ देखि ५ लाख रुपैयाँसम्म लिएरै अर्कैलाई पसल चलाउन दिएको पाइएपछि छानविन गरी खारेज गर्ने निर्णय गरेको थियो ।

रातो सूचीमा परेपछि स्पष्टीकरण सोधिएको सबै ९८ स्टल सञ्चालकमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा