संघीय सरकारको एक घटक संघीय समाजवादी फोरम नेपालले संविधान दिवसको सट्टा विरोध दिवस मनाउने भएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको दिन विरोधमा ‘कालो दिवस’ भन्दै विरोध गर्ने औपचारिक निर्णय गरेसँगै फोरमले पनि संविधान दिवसको विरोध गर्न लागेको हो ।
२ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले भने,‘संविधान त्रुटीपूर्ण छ, अधुरो छ, त्यसलाई पूर्ण रूपले हामीले स्वीकार गरिसकेका छैनौं, त्यसैले संविधान दिवस मनाउने कुरै भएन ।’ संघीय समाजबादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष समेत रहेका मन्त्री यादवले भने, ‘संविधान संशोधन हाम्रो प्रमुख मुद्दा हो, संशोधन नभएकाले फोरम नेपालले पनि संविधान दिवसको अवसरमा दीपावली मनाउँदैन, बिरोधको कार्यक्रम गर्छ ।’
फोरम अध्यक्ष उपेन्द्र यादव केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री हुन् । उपप्रधामन्त्री यादवले पनि संविधान दिवसको विरोध गर्छन् त भन्ने प्रश्नमा प्रदेश मन्त्री यादवले भने,‘ वीरगञ्ज सम्पन्न महाधिवेशनबाट पार्टीले नै सदन, सडक र सरकारबाट संघर्ष गर्ने निती अख्तियार गरेकाले संविधान संशोधन नभएको अबस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादबज्यूले बिरोध नगर्ने कुरै छैन ।’
पार्टीले विरोध गरे पनि २ नम्बर प्रदेश सरकारले सरकारको हैसियतमा त संविधानलाई स्वागत गर्दै दिपावलीको कार्यक्रम त मनाउनु पर्ने बाध्यता सरकारलाई त होला नि भन्ने प्रश्नमा मन्त्री यादबले भने, ‘प्रदेश सरकारले पनि संविधानलाई पूर्णतः स्वीकार नगरेकाले प्रदेश सरकारले पनि संविधानको बिरोध नै गर्छ । दीपावली अरु प्रदेशमा अरु सरकारले मनाउँछ होला, काठमाडौंमा मनाईन्छ होला तर, २ नम्बर प्रदेशमा प्रदेश सरकारले कालो दिबस नै मनाउँछ ।’
त्यसै गरी फोरम नेपालकै अर्को प्रभावाशाली नेता तथा २ नम्बर प्रदेश सरकारका मन्त्री शैलेन्द्र साहले पनि अशोज ३ मा आफ्नो पार्टीले संविधान दिवसको बिरोध गर्ने बताएका छन् । ’हाम्रो पार्टीको ७७ वटै जिल्लामा संगठन छ, पार्टीले सबै जिल्लामा कालो दिबस स्वरूप बिरोधको कार्यक्रम आयोजन गर्नेछ,’ मन्त्री साहले लोकान्तरसँग भने, ‘२ नम्बर प्रदेश सभाको बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आवश्यकता अनुसार परिमार्जन गर्ने भनेर बताईसकेको भए पनि संविधान संशोधन नगरिएकाले बिरोध गरिनेछ ।’
संघीय सरकारले संविधान दिवस भव्यताका साथ मनाउन परिपत्र जारी गरेको छैन ? भन्ने प्रश्नमा मन्त्री साहले भने, ‘अहिलेसम्म त्यस्तो कुनै निर्देशन आएको छ जस्तो मलाई लाग्दैन, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आएको पनि हुन सक्छ । तर, त्यो परिपत्रलाई प्रदेश सरकारले मान्न बाध्य छैन ।’
‘२ नम्बर प्रदेशमा प्रादेशिक सरकार छ, संघिय सरकारको निर्देशन मान्न यो सरकार बाध्य छैन भन्दै मन्त्री साहले अगाडि भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सोही मन्चमा मुख्यमन्त्री राउत ज्यूले संविधान विभेदकारी रहेको, संशोधन नभएको सार्बजनिक रुपमै अन्तर्राष्ट्रिय मन्चमा समेत भनिसक्नु भएकाले प्रदेश सरकार प्रष्ट छ ।’
भदौ २८ गते २ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकमा संविधान दिवस मनाउ वा नमनाउने भन्ने विषयमा कुनै प्रस्ताव पेश भएको छैन । मन्त्रिपरिषदको बैठकबाट त्यस सन्दर्भमा कुनै औपचारिक निर्णय नभएको मन्त्रिपरिषदको बैठकमा सहभागी भएका राजपा नेपालका एक जना मन्त्री रामनरेश रायले बताए ।
‘संविधान दिवसको दिन प्रदेश सरकारले के गर्ने भन्ने प्रस्ताव नै मन्त्रिपरिषदको बैठकमा गएन,’ राजपाबाट प्रतिनिधित्व गरिरहेका मन्त्री रायले भने, ‘अहिले अशोज ३ आउन केही समय बाँकी छ, त्यस्तै पर्यो भने मन्त्रिपरिषद्को बैठकबाट नै निर्णय गर्नु पर्ने आवश्यकता भयो भने कालो दिवस मनाउने निर्णय समेत मन्त्रिपरिषद्को बैठक बाट नै गर्न सकिन्छ ।’
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न
काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै