नेपाली यु—१९ टोली भारतीय ‘ए’ टिमसँग ८ विकेटले पराजित

 यु—१९ एक दिवसिय सिरीजको दोस्रो खेलमा पनि नेपाली युवा क्रिकेट टोलीले लगातार दोस्रो हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाली युवा टोली भारतीय ‘ए’ टिमसँग ८ विकेटले पराजित भएको हो ।

लखनउस्थित एकान रंगशालामा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको भारतीय यु—१९ टिमले २४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । भारतका लागि वाईभी राथोडले नटआउट सर्वाधिक ५९ रन बनाए । त्यस्तै, कप्तान अनुज रावतले ४७ तथा प्रभसिमरनसिंहले ४६ रन बनाए । बलिङतर्फ नेपालका लागि कमल सिंह ऐरी र पवन सराफले समान एक—एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४५.५ ओभरमा  १ सय ५६ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । त्यस्तै, तृत राज दासले ४६ रन, भीम सार्कीले २८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेका थिएनन् । 

भारतका अजय देवगड र याई डी माङवानीले ४ र ४ विकेट लिए । नेपाली टोली यसअघिको पहिलो खेलमा भारतको यू–१९ ‘बि’ टिमसँग ४० रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति