क्रिकेटर सन्दीपले अब ‘अफगानस्तान प्रिमियर लिग’ खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी सन्दीप लामिछाने पहिलो संस्करणको अफगानस्तान प्रिमियर लिगमा छनोट भएका छन् । दुवईमा सोमबार भएको अक्सनबाट सन्दीप नान्घरहर क्रिकेट टिममा आवद्ध भएका हुन् ।

पहिलो संस्करणको अफगानस्तानको लिगमा पनि सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेट यात्राले निरन्तरता पाएको छ । सन्दीप आइसीसी एशोसिएट राष्ट्रका खेलाडीमध्येबाट छनोट भएका हुन् ।

नेपालबाट सन्दीपसँगै कप्तान पारस खड्का र सोमपाल कामीको नाम ड्राफ्टमा परेपनि सोमबारको बोलबोलाइमा सन्दीप मात्रै अनुबन्ध भएका हुन् ।

सन्दीप लामिछानेले यसअघि इन्डियन प्रिमियर लिग (आइपीएल), ग्लोबल टि—ट्वान्टी क्यानडा र क्यारेबियन लिग (सीपीएल) खेली सकेका छन् । यसअघिका अन्तर्राष्ट्रिय टि—ट्वान्टी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन्दीपको टिममा वेष्ट इन्डिजका आन्द«े रसेल आइकन खेलाडी छन् । भने सीपीएलका टिममेट बेन कटिङसहित मुस्ताफिजुर रहेमान, तमिम इकवाल, मोहमद हाफीज, मिचेल म्याकलेनघान लगायतका विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै अफगानस्तानका मुजिव रहेमान, शफिकुल्लाह सफक,नजिव तरकाई, रहेमत शाह, जाहिर खान र नभिन उल हक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति