September 5, 2018

नेपाली ब्याकरण सिकाउँने गीत (भिडियो सहित)

 भाद्र २०, काठमाडौं ।तपाईलाई नेपाली शब्द कत्तिको शुद्धसँग लेख्न आउँछ ? कस्ता शब्दमा ह्रस्व दीर्घ लाग्छन् ? भन्न सक्नुहुन्छ ? पक्कैपनि तपाई हामीलाई यो सजिलो छैन । सरकारी विद्यालयमा नेपाली माध्यमबाट अध्ययन गर्ने विद्यार्थीले केहि हदसम्म नेपाली ब्याकरण जान्दछन् । तर, बोर्डिङमा पढ्ने विद्यार्थीलाई त साधारण शब्द समेत नआउन सक्छ ।

आजकल बोर्डिङमा अध्ययन गर्ने विद्यार्थीहरूको परीक्षाफलको प्राप्तांक हेर्याे भने धेरै विद्यार्थीको नेपालीमा कम अंक पाएको पाउँछौं । यसको मूल कारण भनेको नेपाली शब्द ब्याकरण अफ्टेरो हुनु र पछिल्लो समय नेपाली शब्द उच्चारण कम हुनु पनि हो ।

हामीहरू पनि आजकल बोलीचालीमा नेपालीमा बोल्न सक्ने शब्द भएपनि त्यसलाई जानीनजानी अंग्रेजीमा भन्न खोज्छौं । यसले हाम्रो मौलिक भाषा कमजोर बन्दै गईरहेको छ ।

विश्वब्यापी प्रचलनमा अंग्रेजी भाषालाई प्राथमिकता दिएपनि हरेक देशले आफ्नो भाषालाई पनि त्यत्तिकै प्राथमिकता दिएका हुन्छन् । जापनिज, चाइनिज, कोरियनहरू अंग्रेजी बोल्न रूचाउँदैनन् । अझ तपाई यी देशहरूमा अध्ययन गर्न अथवा रोजगारीकै लागि जादै हुनुहुन्छ भने तपाईले त्यहाँको भाषा परीक्षा उत्तिर्ण गर्नै पर्छ । अनिमात्र त्यहाँ पढ्न पाउनुहुन्छ । जागिर खान सक्नुहुन्छ ।

विश्वका अति विकसित देशले अंग्रेजीलाई प्राथमिकता नदिइकन विश्वका धेरै सफलता हासिल गरेका छन् । विश्वको सर्वब्यापी भाषा अंग्रेजी भयो भन्दैमा आफ्नो मातृभाषा नै विर्सन भने पटक्कै हुन्न ।
नेपाली भाषा संसारको पुरानो भाषा मध्येको एक हो ।

भूपाल दामुपालको दुल्लु शिलालेख आजसम्म प्राप्त नेपाली भाषाको सबैभन्दा पूरानो प्रमाण हो । यो विसं १०३८ तिर लेखिएको अनुमान गरिएको छ ।

अंग्रेज विद्धान सर जर्ज ग्रिएसनले ‘नेपाल’ र ‘नेवार’ दुवै शब्द उच्चारणको भिन्नताले अलग अलग शब्द भएपनि तिनको मूल शब्द एकै भएको बताएका छन् । डा. स्टेफन कोर्नो र प्रोफेसर आर. एल. टर्नरले पनि ग्रिएसनको समर्थन गरेका छन् ।

‘नेपाली–भाषा’ भारोपेली भाषा परिवारको एक अभिन्न अंग मानिन्छ । भारोपेली भाषाको सातौंबर्गमा पर्ने आर्य–इरानेली शाखाबाट संस्कृत, प्राकृत र अपभ्रंश हुँदै आर्यभाषाको रुपमा विकसित भएर बाल्हिकी हुँदै खश भाषामा परिष्कृत भएर आएको कथन छ । खश भाषा बोल्ने खश जातिको इतिहास खोज्दै जाँदा सिञ्जा(सिंजा), कुमाउ, गढवाल, काश्मिर–बाल्हिक, इरान र इराकको सिमानामा पर्ने खशिस्तान (Khuzistan) हुँदै वेविलोनियाको कस्साइट साम्राज्यसम्म पुग्नुपर्ने देखिन्छ । पश्चिमोसियामा खशहरुलाई कस भनिन्थ्यो । कस शब्द कालान्तरमा खशको रुपमा उच्चारण हुन थालेको इतिहासकारहरुले उल्लेख गरेका छन् । (स्रोतः गुगल)

वि.स. २०१६ सालमा नेपालभरमा प्राथमिक र निम्न माध्यामिक विद्यालयमा नेपाली विषय अनिवार्य गरिएको थियो । त्यसपछि राष्ट्रिय शिक्षा पद्धति २०२८ ले प्रावि देखि उच्चतहसम्म नेपाली भाषालाई शैक्षिक माध्यम बनायो । सँगै नेपालमा खुलेका निजी विद्यालयहरूले अंग्रेजी भाषालाई प्राथमिकता दिन थाले ।

२०६० को दशकमा आइपुग्दा देशभर निजी क्षेत्रबाट खुलेका विद्यालयले नेपाली भाषालाई थन्क्याई दिएर अंग्रेजी भाषालाई प्राथमिकता दिए । त्यसपछि सरकारले नै २०७० मा सेमेष्टर प्रणाली लागु भएका शैक्षिक डिग्रीहरुमा अंग्रेजीलाई शिक्षण र उत्तरलेखनको अनिवार्य भाषा बनाइदियो ।

नेपाली भाषा र नेपाली ब्याकरण हराउँदै गएको अवस्थामा एक नेपाली शिक्षकले नेपाली ब्याकरण कन्ठस्थ गर्न सजिलो होस् भन्ने हेतूले गीत नै रचना गरिदिएका छन् ।

नेपाली भाषाका शिक्षक विमल घिमिरेले ‘नेपाली व्याकरण’ शीर्षकमा गीत रचना गरेका मात्र छैनन् । त्यसलाई भिडियो समेत बनाइदिएका छन् ।

राजधानी स्थित एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार भएको गीतले हामीलाई नेपाली ब्याकरणका ह्रस्व दीर्घका नियम बुझ्न सहज बनाएको छ । गीतमा सोहि विद्यालयका विद्यार्थीले आकर्षक नृत्य पनि गरेका छन् ।
एक पटक यो गीतको भिडियो हेरौं त

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति