


१६ बैशाख, काभ्रे, आप्mनो स्थापना भएको एक वर्ष पनि नपुग्दै नयाँ शक्ति पार्टीले अन्य पार्टीबाट तिव्र धु्र्रविकरण गराई अन्य ठुला पार्टी सरह सागठानिका हैसियत देखाउन सफल भएको छ । स्थानिय चुनाव नजिकिदै गर्दा ठुला सत्ताधारी दलहरुबाटै पार्टी परित्याग गरि नयाँ शक्तिमा प्रबेश गर्ने लहर बढेका देख्दा अनुमान गर्न सकिन्छ कि नेपाली जनताहरुले नेपाली राजनीतिमा नयाँ स्वाद, नयाँ विकल्प खोजी रहेका छन् । 
यसै क्रममा बैशाख १२ गते बनेपाका नेपाली काङ्ग्रेसका पूर्व अध्यक्ष तथा सुन चाँदी व्यवसायी संघका अध्यक्ष, सफल व्यवसायी र वनेपा नगरपालीकाका मेयरका प्रत्यासी रविन शाक्य करिव आप्mना पक्षका सात हजार भन्दा बढी संभावित भोटर र दश हजारका हाराहारीमा नेपाली काङ्ग्रेसका समर्थकहरु लिएर नयाँ शक्तिमा प्रबेश गरे, उनलाई डा. बाबुराम भट्टराईले नै सदस्यता प्रदान गरि स्वागत गरेका थिए । बनेपा नगरपालीकामा अवको स्थानिय चुनाबमा नयाँ शक्ति र एमालेको कम्पिटीसन हुने रविन शाक्यले बताए ।
फेरि
चार दिन पनि नवित्दै बैशाख १६ गते काभ्रेकै नमोबुद्ध नगरपालीका दाप्चाका माओवादी केन्द्रको पूर्व जिल्ला सदस्य जो त्यस भेगका प्रतिष्ठित बौद्धिक, समाजसेवी र राजनीतिक विश्लेषक पनि हुन उनले पनि नयाँ शक्ति पार्टीलाई अवको राजनैतिक विकल्पको पार्टीको रुपमा आफुले बुझेको भन्दै एक दर्जन जति अन्य समकक्षिहरु लिएर पार्टी प्रवेश गरेको बताए । त्यसैगरि काभ्रे दाप्चा निवासी सञ्जय श्रेष्ठ जो कम्युनिष्ट आन्दोलनमा लामो पृष्ठभुमी भएका व्यक्ती तथा व्यापार व्यवसायमा सफल व्यक्तिले पनि आपूm लगायतका त्यस भेगका अन्य प्रतिष्ठीत व्यवसायीहरु लिएर भट्टराईको हातबाटै सपथ खाए र नयाँ शक्तिमा आप्mनो प्रबेश समृद्ध नेपालको लागि बताए ।
अर्को अनौठो त के देखियो भने सत्ताधारी पार्टीको वर्तमान कृयाकलापप्रति रुष्ठ हुदै सयौंको संख्यामा काभ्रकै साविक खार्पाचोक गा.वि.स. र हाल रोशी गाउँपालीका को ८ नं वडाका माओवादी केन्द्र उपाध्यक्षको नेतृत्वमा सिंगो गाउँ कमिटी, जनयुद्धका सहिद इन्द्र बहादुर लामाको परिवार, छोरी लगाएत ३४१ जनाले माओवादी केन्द्र
परित्याग गर्दै नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यलमा गई औपचारीक कार्यक्रम गरि पार्टी प्रवेश गरेका छन् । यो समुह नयाँ शक्तिमा प्रवेश गरेपछि माओवादी केन्द्रको उक्त गा.पा. को वडामा उम्मेद्धार खाली हुने वताईएको छ । सवै नव प्रवेशीहरुलाई डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी स्थापना हुनुको औचित्य र आगामी कार्यक्रमको बारेमा प्रष्ट्याएका थिए । यसै क्रममा आजै सिराहा, वारा र रौतहतबाट पनि नयाँ शक्ति पाटीमा सयौंका संख्यामा पार्टी प्रवेश गरेका थिए ।
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६