एसिया कप खेल्ने नेपालको सपना अधुरै, हङकङसँग लज्जास्पद हार

 नेपालको एसिया कप क्रिकेट खेल्ने सपना अधुरै रहेको छ । एसिया कप छनोटको अन्तिम खेलमा हङकङसँग लज्जास्पद हार व्यहोरेको नेपालको यो र हारसँगै एसिया कप खेल्ने सपना अधुरै रहेको हो । मलेसियामा आइतबार भएको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भयो । एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जितेर एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । तर, यो सपना पनि अधुरै रह्यो ।

छनोट प्रतियोगितामासुरुवाति ओमान र यूएईसँग हारेको नेपालले त्यसपछि मलेसिया र सिंगापुरलाई हराएको थियो । तर, मंगलबार भएको आफ्नो अन्तिम खेलमा हङकङसँग पराजित भयो । क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले निकै खराब ब्याटिङ गर्दे ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनायो । पहिलो ओभरमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए । त्यसपछि कप्तान पारस खड्काले अनिलकुमार साहसँग २२ रनको साझेदारी गरे । आठौं ओभरको अन्तिम बलमा आउट भएका पारसले मात्र १४ रन बनाए ।

ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिलले १५ र ज्ञानेन्द्रले १२ रन बनाए । नेपालले विकेट गुमाउने क्रम रोकिएन ।दीपेन्द्रसिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शुन्य रनमै पभेलियन फर्किए । सातौं विकेटका रुपमा सोमपाल आउट हुँदा नेपालको स्कोर मात्र ५८ रन थियो ।

आरिफ शेख र बसन्त रेग्मीले आठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । आरिफ १८ रनमा आउट भए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमायो र ९५ मा अलआउट भयो । बसन्त १५ रनमा अविजित रहे । ९५ रनको झिनो लक्ष्य पछ्याएको हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो । नेपालका सन्दीप लामिछान एक्लैले ५ विकेट लिएपनि टिमको हार भने टार्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति