साफ च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै

एजेन्सी, भदौ १९ । दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १२औं संस्करण बंगलादेशको बंगबन्धु रंगशालामा सुरु हुँदैछ । नेपालले मंगलबार पाकिस्तानसँग खेल्दै यात्रा सुरु गर्नेछ ।

सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता साफ गोल्डकप, साफ कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ ।

नवौं संस्करणको साफ च्याम्पियनसिप २०११ मा भारतको नयाँ दिल्लीस्थित जवहरलाल नेहरु स्टेडियममा २ डिसेमवरबाट ११ डिसेम्बर सम्म आयोजना भयो ।अघिल्लो संस्करणको च्याम्पियन भारत फेरि च्याम्पियन बन्न सफल भयो । फाइनलमा दक्षिण एसियाली फुटबलमा नयाँ शक्तिको रुपमा उदाएको अफगानिस्तानलाई ४–० ले पराजित गर्दै छैटौपटक च्याम्पियन बन्न सफल भयो । समूह चरणमा १–१ गोलको बराबरी भएको थियो ।

सन् १९९९ पछि पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको थियो । समूह ‘बी’ रहेको नेपालले बंगलादेशलाई १–० ले पराजित गर्दा माल्दिभ्स र पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो । तर, सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग अतिरिक्त समयमा १–० ले पराजित हुन पुग्यो ।

माल्दिभ्सलाई बराबरीमा रोक्दा सन्दीप राईले गोल गरेका थिए । पाकिस्तानसँगको बराबरी खेलमा भरत खवासले गोल गर्न सफल भएका थिए । सेमिफाइल पुग्ने सम्भावना बलियो बनाउन जित निकाल्नै पर्ने खेलमा नेपालले बंगलादेशमाथि १–० को जि निकाल्दा कप्तान सागर थापाले दर्शनीय फ्रिकिक गोल गरेका थिए।

सागरले इन्जुरी समयको थप गरिएको समयको पाँचौ मिनेटमा मैदानको मध्य भागबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । सागरको उक्त गोललाई ब्राजिली रोनाल्डिनोको गोलसँग तुलना समेत गरिएको थियो । उनको फ्रिकिक गोल उत्कृष्ट गोलको सुचीमा समेत परेको थियो । प्रतियोगितामा भारतका सुनिल क्षेत्री ७ गोलसहित सर्वाधिक गोलकर्ता भए।

१०औं साफ च्याम्पियनसिप नेपालमा सन् २०१३ अगस्ट ३१ बाट ११ सेप्टेम्वरसम्म आयोजना भयो । नेपालले यसअघि १९९७ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो । घरेलु मैदानमा नेपाललाई उपाधिको प्रवल दाबेदारको रुपमा हेरिएको थियो । समूह ‘ए’ मा दुई जित र एक बराबरीको नतिजा निकाल्दै ६ पटकको च्याम्पियन भारतलाई समेत पछि पार्दै नेपाल समूहमा शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुग्न सफल भएको थियो।

यसअघिका कुनै पनि संस्करणमा नेपाल समूह विजेता बन्न सकेको थिएन । नेपालले बंगलादेशमाथि २–० को जित निकाल्दा अनिल गुरुङ र भरत खवासले गोल गरे । पाकिस्तानसँगको १–१ गोलको बराबरीमा बिमल घर्तीमगरले गोल गर्दै सम्भावित हार टारेका थिए । परम्परागत प्रतिद्धन्द्धी भारतमाथिको २–१ को जितमा अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए।

नेपालको उपाधिको दाबेदारीमा अफगानिस्तान फेरि पनि बाधक बन्यो । अफगानिस्तानसँग १–० ले पराजित भएपछि नेपालले घरेलु मैदानमा उपाधि राख्न असफल रह्यो । अघिल्लो संस्करणम पनि नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग रोकिएको थियो । दक्षिण एसियाली फुटबलमा आफुलाई स्थापित गरेको अफगानिस्तानले भारतलाई २–० ले पराजित गर्दै साफको नयाँ च्याम्पियन बन्न सफल भयो । माल्दिभ्सका अस्फाक अली १० गोलसहित सर्वाधिक गोलकर्ता भए।

११औं साफ नेपालका लागि सबैभन्दा विर्सनलायक प्रदर्शन बन्यो । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका दुवै खेलमा हार बेहो¥यो । पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित नेपालले समूह चरणको दोस्रो खेलमा आयोजक भारतसँग ४–१ को फराकिलो हार बेहोर्यो । यो खेलमा नेपालका विमल घर्तीमगरले एकमात्र गोल गर्न सफल भएका थिए। भारत र अफगानिस्तानले फाइनल खेले ।

जसमा भारत अतिरिक्त समयमा २–१ ले विजयी हुदै सातौपटक साफ च्याम्पियन बन्न सफल भयो । खाइवर अमानी ४ गोलसहित सर्वाधिक गोलकर्ता भए । प्रतियोगिता भारतमा २३ डिसेम्वर २०१६ देखि ३ जनवरी २०१७ मा आयोजना भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति