नेपालले मलेशियालाई दियाे १ सय ८९ रनको चुनौती

एसिया कप छनौटमा नेपालले मलेशियाका सामु  १ सय ८९ रनको लक्ष्य दिएको छ । पहिला व्यांटिङ गरेको नेपालले मलेशियालाई १ सय ८९ रनको लक्ष्य दिएको हो । ३० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पायो । आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले एसिया कप छनोटमा मलेसियासामू १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

केहि बेरमा जवाफी व्यांटिङको लागि मलेशिया मैदान उत्रने तयारी गरीरहेको छ । नेपालको लागि ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ रनको योगदान दिए । त्यस्तै सागर पुन शुन्यमै आउट भएका थिए । नेपालले ६० रन जोड्दा महत्वपुर्ण पाँच विकेटका गुमाउन परेको अवस्थामा बाट सम्हालिएको व्यांटिङ गर्दै १ सय ८८ रनको योगफल तयार पारेको हो ।

नेपालको पारी दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हालेका थिए । छैटौं विकेटका लागि आरिफ शेखसँग १ सय १ रनको साझेदारी गरेका दिपेन्द्रले व्यक्तिगत ५४ रनको योगदान दिएका थिए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए । व्यांटिङको तुलनामा नेपालको बलिङलाई बलियो पक्षको रुपमा लिने गरिएको छ । अब मलेशियाविरुद्ध नेपालले कस्तो बल फ्याक्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति