यसरी तय भयो भीआईपीका रुट र सुरक्षाकर्मी

काठमाडौं, भदौ १२ ।बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा आउने विशिष्ट (भीआईपी) व्यक्तिहरुको सवारी रुट तोकिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मका दुईवटा रुट बनाइएको छ ।

प्रहरीले बनाएका दुई सवारी रुटमध्ये एउटालाई वैकल्पिक रुट मानिएको छ। दुवै रुटमा सोमबारदेखि नै हतियारसहितका सुरक्षाकर्मी छरेर राखिएको छ।

विमानस्थलदेखि तिलगंगा, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टी होटललाई मुख्य सवारी रुट बनाइएको छ ।

वैकल्पिक रुटमा विमानस्थलबाट गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, रविभवन र सोल्टी होटलसम्म तय गरिएको छ ।

बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई यी दुईमध्ये एउटा रुट प्रयोग गरी सम्मेलनस्थल सोल्टी होटल पु¥याइनेछ । भदौ १४ र १५ मा हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत वचा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष छिरिङ तोग्वे आउने छन् ।

१३ गते साँझदेखि १४ गते बिहानसम्ममा सबैजसो राष्ट्रप्रमुख नेपाल आइसक्ने सूचना पाएसँगै प्रहरीले सवारी रुट तय गरेको हो।
दुवै रुटमा ५० मिटरको दूरीमा प्रहरी निरीक्षकको कमान्डमा पाँचदेखि १० जना सुरक्षाकर्मी परिचालन गरिने छ । गौशाला, बानेश्वर, कालिमाटी, कीर्तिपुर, बालाजु, महाराजगन्ज, कमलपोखरी, लैनचौर, स्वयम्भू र सातदोबाटो वृत्तका प्रमुख डीएसपीहरूलाई आआफ्नो क्षेत्रमा परिचालित प्रहरीको सुरक्षा अवस्थाबारे अपडेट हुन निर्देशन दिइएको छ । सवारी रुटमा प्रहरी निरीक्षकको कमान्डमा १०/१० जनाका दरले प्रहरी परिचालित हुनेछन्।

भीआईपी सवार भएको समयमा रुट पर्ने ठाउँमा एम्बुलेन्सबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । सरकराले फरकफरक समयतालिका बनाएर विमानस्थलमा सहभागी राष्ट्रप्रमुख ओर्लने भएपछि सडकमा सुरक्षा व्यवस्था चुस्त पार्ने सरकारको रणनीति छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको दर्शन गर्न जाने, श्रीलंकाका राष्ट्रपति र म्यानम्यारका प्रधानमन्त्री लुम्बिनी भ्रमणमा जाने भएपछि हेलिकोप्टरमार्फत लैजाने तयारी गरिएको छ।

भीआईपी सवारीदेखि सुरक्षासम्म सेनाले अग्रपंक्तिको सुरक्षा गर्ने, दोस्रो तहमा प्रहरीसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले सुरक्षा दिने योजनाअनुसार १७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।

भीआईपीका आगमनदेखि प्रस्थानसम्मको सुरक्षा तालिका बनिसकेको बिम्स्टेक सम्मेलनको सुरक्षा व्यवस्थापन समितिले जनाएको छ । यी रुटमा सोमबार बिहान प्रहरीले सवारीको पूर्वाभ्यास समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा