के तपाईँ राती डरलाग्दो सपना देखेर तर्सिनु हुन्छ ? अनि व्युझिदा शरीर पसिना पसिना पो हुन्छ कि ? यदि त्यस्तो हो भने जानी राख्नुस तपाईँको सुताईको अवस्थाले यस्तो भएको हुनसक्छ । किनकी एक अध्ययनले सपनामा आउने दृश्य सुताईको अवस्थाले निर्देशित हुने देखाएको छ ।
हंङकङको सूयान विश्वविद्यालका अनुसन्धानकर्ता क्यालभिन काई चिङको नेतृत्वमा एक अनुसन्धान टोलीले सपनामा देखिने दृश्य र सुताई अवस्थाको सम्वन्धबारे गहिरो अध्ययन गरेको थियो । सोही अध्ययन अनुसार जो व्यक्तिहरु आफ्नो शरीरको बाँया तिर कोल्टो परेर सुत्छन तिनीहरुलाई डरलाग्दो सपनाले सताउने गर्छ । तर दाँया तिर कोल्टेर परेर सुत्ने व्यक्तिहरुको सपना सुखद र आनन्ददायी हुन्छ ।
अध्यय्न अनुसार बाँया फर्केर सुत्ने मध्ये ४० प्रतिशत मानिसहरुमा राती डरलाग्दो सपना आउने र निद्रा खलबलिने गरेको पाइयो । जबकी दायाँ फर्केर सुत्नेहरुमा यस्तो सपना १४.६ प्रतिशतमा मात्रै पाइयो । सोही प्रतिवेदन अनुसार दायाँ फर्केर सुत्ने र मानिसहरुमा भने सुखद र सुरक्षित सपना आउनुुको साथै निद्रा आनन्दित भएको पाइयो ।
प्रतिवेदनले यो पनि भनेको छ कि जो व्यक्ति घोप्टो परेर सुत्छन तिनीहरुको सपना यौनसंग सम्वन्धीत हुने गर्दछ । त्यस्तै उत्तानो परेर सुत्ने व्यक्तिमा हात बाधिएको, कोठामा थुनिएको तथा चल्नै नमिल्ने गरेको सपना (जसलाई हामी ऐठन गरेको समेत भन्छौँ) देख्ने गरेको पाइयो ।
मुख्य अनुसन्धानकर्ता क्यालभिन काई चिङ भन्छन्, यो अध्ययनले सपनालाई सुत्ने पोजिसनले प्रभाव पार्छ भन्ने देखाएको छ । उनका अनुसार निद्रामा पनि मानिसका मस्तिस्क बाहिरी बाताबरणसंग सम्वन्ध राखिराख्ने भएकोले बाहिरी अवस्थाले सपनालाई प्रभाव पार्छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना