अहिलेसम्म विप्लवका को को पक्रिए ?

Capture-47काठमाडौँ, १० भदौ । सर्पको खुट्टा सर्पले नै देख्छ भनेजस्तै विगतमा सँगसँगै लडेभिडेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफ्नै पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता÷कार्यकर्तालाई धमाधम पक्रन आदेश दिनुभएको छ ।

३३ किलो सुनकाण्डमा ठूलो माछा फेला पर्छ भन्दै आउनुभएका गृहमन्त्री थापाले त्यो ठूलो माछा त अहिलेसम्म बल्छीमा पार्न सक्नुभएको छैन तर विप्लव नेकपाका अहिलेसम्मका सबैभन्दा ठूला ‘माछा’ याने खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्रनुभएको छ । अझै घतलाग्दो विषय त के छ भने, तत्कालीन एकीकृत नेकपा (माओवादी) सँग सम्बन्ध छुट्टयाएर बाहिरिँदा गृहमन्त्री थापा र प्रकाण्डहरू उही फुटेको पार्टीमा हुनुहुन्थ्यो । उहाँ फर्किएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै क्याम्पमा फर्केर चुनाव जिती गृहमन्त्री नै बन्नुभयो ।

विगतमा हिसाकिताब नै गर्न नसकिने चन्दा उठाएर जनयुद्ध चलाउनुभएका गृहमन्त्री थापाको सरकारले प्रकाण्डलाई चन्दा उठाएको लगायतका आरोप लगाएको छ । र, अदालतले दुई पटकसम्म छोड्न आदेश दिइसकेपछि पनि प्रकाण्डलाई दुवैपटक पक्राउ गरिएको छ । त्यसो त अहिलेसम्म आफ्नो पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रवक्ता प्रकाण्ड, १२ जना पोलिटव्युरो र एक सय दुई जनालाई पक्राउ गरिएको सो पार्टीले जनाएको छ । यसमा अधिकाशं जिल्लास्तरका नेता रहेका छन् ।

उनीहरुलाई चन्दा असुली, ठगी, विस्फोटक पदार्थ विस्फोट, आगजनी, संगठित अपराध, सार्वजनिक अपराध जस्ता आरोपमा पक्रेर सोहीबमोजिमको मुद्दा लगाएको बताइन्छ ।

देशमा शान्ति सुरक्षा खल्बल्याउन खोजेकाले उनीहरूलाई पक्राउ गरिएको सरकारको दावी छ तर सो पार्टीका एक केन्द्रीय नेताले प्रहरीले बिनाकारण मनोमानी ढंगले आफ्ना कार्यकर्ता पक्राउ गरेको आरोप लगाएका छन् ।
नाम नभन्ने सर्तमा उनले नेपाल समाचारपत्रसँग भने– ‘हाम्रो लक्ष्य एकीकृत जनक्रान्ति हो । सरकारले लक्ष्य पूरा गर्न नदिन विभिन्न षड्यन्त्र रच्दै आएको छ । यसविरुद्ध आन्दोलनलाई अझ सशक्त बनाउनेछौं ।’

उनका अनुसार पक्राउ पर्ने अन्यमा मेचीब्युरो इन्चार्ज सुमन लिम्वु, कोसी ब्युरो इन्चार्ज किरण राई, पोलिटव्युरो सदस्यहरु ओमप्रकाश पुन, पदम राई, कृष्ण धमला, मोहन कार्की हुनुहुन्छ । यस्तै पार्टीका केन्द्रीय सदस्यहरु दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसी, चन्द्रबहादुर खड्का पनि पक्राउ परेका छन् । सरकारले उक्त पार्टीका महासचिव विप्लवलाई समेत पक्रन वारेन्ट जारी गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ