August 20, 2018

नेकपा सचिबालयको अर्को निर्णय, कार्यदलको म्याद भाद्र ७ सम्म, स्थायी समिति भदौ १९ गते !

bam

 भदौ ४,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठकले कार्यदलको समय थप गरेको छ । कार्यदललाई भदौ ७ गतेसम्म सबै प्रदेशको रिपोर्ट बुझाउन अन्तिमपटक समय थप गरिएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।उनका अनुसार अहिलेसम्म कतिपय प्रदेशबाट नाम आउन सकेको छैन भने आएका पनि विवादित अवस्थामा छन् । त्यसैगरी नेकपाले भदौको ८ र ९ गते बोलाएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेसम्मका लागि सारिएको छ ।

“कतिपय कार्यदलले समयमा रिपोर्ट प्रस्तुत गर्न सकेनन्,” श्रेष्ठले भने, “भदौ सात गतेसम्म बुझाउन निर्देशन दिइएको छ । जहाँ निर्णय भएको छ । त्यहीअनुसार दिने निर्णय हुन सकेको छैन तर ७ गतेसम्म प्रतिवेदन अनिवार्य रुपमा बुझाउन निर्देशन दिइएको छ । स्थायी समितिको बैठक भदौ ८ र ९ भनेका थियौं भदौको १९ र २० गते बस्ने निर्णय गरिएको छ ।”

उनले ७ वटा प्रदेशका कार्यदलले रिपोर्ट दिइनसकेको बताए । “दुई वटाबाट आएकै छैन । कतिपयबाट पूर्ण छैन । १ र २ नम्बर प्रदेशबाट आएको छैन । अरु प्रदेशबाट सामान्य आएको छ तर कतिपय ठाउँबाट प्रस्ताव आएको छ सहमति भएको छैन । जनसंगठनको केहीको बुझाइएको छ धेरैको आउन बाँकी छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा