पतञ्जलीको भन्दा डीडीसीको घ्यु गुणस्तरीय छ: कृषिमन्त्री

 
 IMG_20180817_193049
 

१ भदौ, काठमाडौं । कृषि मन्त्री   चक्रपाणी चालीसेले  एक कार्यक्रममा भन्नु     भयो कि   पतञ्जली घ्युको मूल्य भारतमै झण्डै ४७५ रुपैयाँ प्रतिकिलो पर्छ । तर, हाम्रो भैरहवा भन्सारमा आउँदा त्यसको २५० रुपैयाँ किलोको मूल्यांकन हुन्छ र भन्सार तय हुन्छ । जब कि त्यो घ्यु साढे ८ सय देखि ९ सयमा यहाँ बिक्री हुने गरेको छ ।

हामीले यहाँ ल्याब टेस्ट गर्‍यौं, त्यो पतञ्जलीको घ्यूभन्दा हाम्रो डीडीसीको घ्यू गुणस्तरीय देखियो । हाम्रो ल्याब अन्तर्राष्ट्रियस्तरमा जहाँ पनि प्रतिस्पर्धा गर्ने ल्याब छ । हामीले दुबै घ्यूको ल्याब परीक्षण गरेर पत्ता लगाएका हौं, हाम्रो उत्पादन नै गुणस्तरीय छ ।

संसारभर जहाँ लगेर जाँचे पनि हुन्छ भनेका छौं । तर, पतञ्जलीको भन्दा सस्तो डीडीसीको घ्यू नलिएर महँगो र कम गुणस्तरकै घिउ लिन्छौं भने त त्यसको कुनै समाधान हुन्न । जुन चिज हाम्रोमा उत्पादन हुन्छ र हामीलाई पुग्छ भने त्यो चीज बाहिरबाट आउनका लागि भन्सार त उच्च गर्नैपर्छ । भारतले पनि गर्ने त्यही हो । नेपाली घिउका उपभोक्ताहरुले बुझ्ने कुरा हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा