शुक्रबारदेखि सुरू हुने स्पेनिस फुटबल लिग ला लिगाका खेल नेपालबाट फेसबुकमा पनि लाइभ हेर्न मिल्न भएको छ। सामाजिक सञ्जाल फेसबुकले ला लिगाका यो सिजनका ३ सय ८० वटा खेलको प्रत्यक्ष प्रसारण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। यो सम्झौताअनुसार नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानमा प्रत्यक्ष प्रसारण हेर्न मिल्नेछ।
यो क्षेत्रमा फेसबुकका ३४ करोड ८० लाख प्रयोगकर्ता छन्। तीमध्ये २७ करोड भारतीय छन्।
खेल पहिला र पछि हुने विश्लेषण पनि यसमा समावेश गरिनेछ। फेसबुकले प्रत्यक्ष प्रसारणको अधिकार कतिमा किन्यो भन्नेबारे आधिकारिक रूपमा सार्वजनिक भएको छैन। तर फेसबुकले कम्तिमा ९ करोड युरो तिरेको बताइएको छ। यसअघि यो क्षेत्रमा ला लिगाको प्रत्यक्ष प्रसारण सोनी टेलिभिजनले गर्थ्यो। सोनीले सन् २०१४ देखि २०१८ सम्म खेल प्रत्यक्ष प्रसारणका लागि तीन करोड २० लाख युरो तिरेको थियो।
ला लिगा इंग्लिस प्रिमियर लिगपछिको लोकप्रिय फुटबल लिग हो। यसमा अर्जेन्टेनी स्टार लियोनल मेसीको बार्सिलोना र वेल्सका ग्यारेथ बेलको रियल मेड्रिडसहित स्पेनका २० क्लब सहभागी हुन्छन्। फेसबुकमा आउने भिडियोमा विज्ञापन बज्ने छैन। सम्झौताअनुसार फेसबुकले तीन वर्षसम्म ला लिगाका खेल प्रत्यक्ष प्रसारण गर्नेछ।
फेसबुकले खेलकुदको प्रत्यक्ष प्रसारणको अधिकार किनेको दोस्रो पटक हो। यसअघि अमेरिकाको बेसबल लिगको प्रतिखेल १० लाख डलर तिरेर फेसबुकले लाइभ गरेको थियो।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।