काठमाडौँ, साउन २८ । आज दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा दिउँसो पूर्व र मध्यका ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा जलवास्पयुक्त वायु पनि पर्याप्त रहेकाले विशेष गरी दिनभर देशको मध्य र पूर्व क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।
हिजो साँझदेखि नै मौसम बदली रहेको थियो । काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । यस्तै पश्चिमका केही ठाउँमा पनि दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । सोमबार रातिको मौसम पनि देशभर बदली हुने र पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
काठमाडौँ उपत्यकामा सोमबार बिहान पौने ६ बजेसम्मको तथ्यांक अनुसार आइतबार रातभरमा ६२.५ मिलिलिटर पानी परेको छ भने मंगलबार पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । बुधबारदेखि भने मौसममा केही सुधार आउने छ ।
देशका सबै क्षेत्रमा पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम उच्च रहेको छ । नदी, खोला तथा खहरेको आसपासका बस्ती र डुबानको जोखिममा रहेको क्षेत्रबा बासिन्दा सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा