क्यारेबियन लिगमा सन्दिपको टोलीको पहिलो जित, सन्दिपको मेडन विकेट

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन लिगमा पहिलो जित दर्ता गरेको छ। पहिलो जित दर्ता गर्ने क्रममा प्याट्रियट्सले ट्रङ्बागो नाइट राइडर्सलाई ४२ रनले हराएको छ।

टस जितेर पहिले ब्याटिङ गर्दै सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले दिएको २०४ रनको लक्ष्य पछ्याएको ट्रङ्बागो नाइट राइडर्सले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो। उसका लागि ड्रान ब्राभोले सर्वाधिक ४१ रन बनाए। यस्तै कोलिन मुन्रोले ३५ रन बनाएका थिए।

ट्रङ्बागो नाइट राइडर्सलाई सस्तैमा रोक्न लुईस, कटिङ र ब्राथवेटले २-२ विकेट लिए।

३ ओभर मात्र बलिङ गर्न पाएका सन्दिपले १ मेडन विकेट लिए। २ ओभरमा उनले मात्र ३ रन खर्चिएका थिए भने २० औं ओभर बलिङ गरेका सन्दिपले २ छक्कासहित १४ रन खर्चिएर कुल १७ रन खर्चिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति