सांसद चौधरीले प्रधानमन्त्रीसँग मागे अर्थमन्त्रीको राजीनामा

Kp-oli1IMG_20180810_215057२५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद मेटमनी चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उनको राजीनामा माग गरेका हुन् ।   जनताको भावना नबुझ्ने, पार्टी र संगठन बारे भुत्ते कर्मचारी अर्थमन्त्री भएको  कारण चुनावअघि नेपाल कम्युनिस्ट पार्टीप्रति रहेको जनताको आशा र भरोसा निराशामा परिणत हुन लागेको भन्दै सांसद चौधरीले हटाउन माग गरेका हुन् ।‘अहिलेको बजेटबाट जनताको माग संबोधन हुन सक्दैन, सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ’ प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा उनले भने ।

‘चुनाव अगाडि र पछाडि नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण आशा र अपेक्षा निराशामा परिणत भएको छ’ उनले बैठकमा आफूले राखेको धारणाबारे अनलाइनखबरसँग भने ‘अहिलेको अर्थमन्त्रीबाट कुनै गुञ्जायस छैन, चेञ्ज गरेर जानुपर्छ ।’

बैठकमा अन्य सांसदहरुले पनि बजेटबारे गुनासो गरे पनि राजीनामा भने मागेका थिएनन् । ‘अरुले सांकेतिक रुपमा राख्नुभयो, मैले सिधै भनेँ’ सांसद चौधरीले अनलाइनखबरसँग भने ।

यस विषयमा प्रधानमन्त्री ओलीले भने सिधा जवाफ दिएनन् । उनले नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताए । प्रधानमन्त्री ओलीले आगामी वर्षमा यसलाई सच्याएर जाने आश्वासन पनि दिए । ‘प्रधानमन्त्रीले आगामी वर्ष बजेट सच्याउने बताउनुभयो, राजीनामाबारे केही बोल्नुभएन’ उनले भने ।

सांसदहरु नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूणर्ा सुवेदी, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुको काम-कारबाहीका साथै यो आर्थिक वर्षको वजेटका विषयमा धारणा राखेका थिए ।

उनीहरुले बाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । ‘हामीले सरकारले गरेका राम्रा र नराम्रा कामहरुबारे समीक्षा गर्‍यौं’ सांसद हिरामणि केसीले भने ।

प्रधानमन्त्री ओलीले सबैभन्दा बढी  पार्टी भित्र र बाहिर बाट आलोचना यी अर्थमन्त्रीका गतिविधिले खेप्नुपरेको र अब उनको उचित सेफल्यान्डीङ गर्नुपर्ने मानसिक तयारीमा प्रधानमन्त्रीको होमवर्क रहेको  बालुवाटार श्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ