नेपाली क्रिकेट टिमलार्इ भारतको निम्तो, पायो अर्को मौका

नेपालको अण्डर १९ राष्ट्रिय क्रिकेट टोलीले भारतमा हुने एकदिवसीय क्रिकेट सिरिजको मौका पाएको छ । भारतमा हुने ४ टोलीबीचको ५० ओभरको खेलमा नेपालले पनि मौका पाएको हो । सो एकदिसीय खेल भारतीय क्रिकेट बोर्ड बीइसीसीको आयोजनामा भइरहेको हो ।

खेल कोलकतामा हुने छ । प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू-१९ टोलीले खेल्ने छन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू-१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।

युवा टोलीको क्षमता अभिवृद्धिका लागि भारतले प्रत्येक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई अवसर दिएको छ । भारतको यू-१९ र अफगानिस्तानको यू-१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन्। नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू-१९ ले भारतको यू-१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।

यस्तै सिरिजलाई यू १९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।

कोलकामा हुने सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।

चार टोली सम्मिलित एकदिवसीय शृंखलाको तालिका यस्तो छ-

सेप्टेम्बर १२- भारत यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, इडेन गार्डेन्स / सेप्टेम्बर १२= एनसीए यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू / सेप्टेम्बर १४- भारत यू-१९ विरुद्ध नेपाल यू-१९, इडेन गार्डेन्स / सेप्टेम्बर १४- एनसीए यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, जेयू / सेप्टेम्बर १६- भारत यू-१९ विरुद्ध एनसीए यू-१९, इडेन गार्डेन्स / सेप्टेम्बर १६- अफगानिस्तान यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू / सेप्टेम्बर १८- टिम १ विरुद्ध टिम २ / सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति