August 6, 2018

पहिलो एक दिवसीय क्रिकेट खेलेर फर्कियो नेपाली टोली

 
 

काठमाडौँ, साउन २१ । पहिलो ओडिआई सिरिज खेल्दै नेदरल्याण्ड्स विरुद्ध पहिलो ओडिआई जित हात पारेको नेपाली क्रिकेट टोली सोमबार बिहान काठमाडौँ आइपुगेको छ।कप्तान पारस खड्का नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो ।ऐतिहासिक ओडिआई जितेको नेपाली टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टल तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसिचव केशव कुमार लगायतले विमानस्थलमा खादा तथा माला लगाएर स्वागत गरे ।

नेपाली टोलीका युवा स्टार सन्दीप लामिछाने भने सीपीएल खेल्नका लागि नेदरल्याण्ड्सबाटै वेष्टइन्डिज गइसकेका छन्। नेदरल्याण्ड्स पुगेका १९ सदस्यीय टोली मध्ये कप्तान पारस सहित १४ खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो र ट्रेनर सहित १८ सदस्यीय टोली फर्किएका हुन्।

नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो । पहिलो खेलमा नेपालले हार बेहोरे पनि दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।