बिराट कोहली बने विश्वकको नम्वर वान व्याट्सम्यान खेलाडी

भारतीय टिमका कप्तान बिराट कोहली  टेस्ट क्रिकेटमा विश्वका नम्वर एक व्याट्सम्यान बन्न सफल भएका छन् । इङ्ल्यान्डविरुद्ध पहिलो पारीमा सतक र दोस्रो पारीमा अर्धशतक जोडेर कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । इङ्ल्यान्डविरुद्धको खेलमा पराजित भए पनि कप्तान विराट कोहली टेस्ट क्रिकेटका नम्बर एक ब्याट्सम्यान बन्न सफल भएका हुन् ।

virat_kumble__1498116673_749x421

यसका साथै कोहलीले अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथबाट नम्बर वानको ताज पनि खोसेका छन् । विराट कोहली नम्बर एक ब्याट्सम्यान बनेको समाचार आईसीसीले आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेको छ । आईसीसी टेस्ट ¥याङकिङमा विराट कोहली ९ सय ३४ अंकसहित पहिलो नम्बरमा पुगेका हुन् । अस्ट्रेलियाका स्टिभ स्मिथ ९ सय २९ अंकसहित दोस्रो नम्बरमा छन् । स्टिभन स्मिथ डिसेम्बर सन् २०१५ देखि टेस्ट क्रिकेटमा नम्बर वान स्थानमा थिए ।

विराट कोहलीले पहिलो पटक नम्बर १ टेस्ट ब्याट्सम्यान बन्ने गौरव हासिल गरेका छन् । साथै सात वर्षपछि कुनै पनि भारतीय ब्याट्सम्यान नम्बर १ मा पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति