
एजेन्सी । विश्वमै सबैभन्दा बाक्लो मानव वस्ती रहेको चीनको राजधानी बेइजिङसहित चीनको उत्तरी समथर भूभागमा पछिल्लो समय जलवायु परिवर्तनको अत्याधिक प्रभाव देखिएको वैज्ञानिकहरुको भनाइ छ । यसै कारण केही वर्ष यतादेखि त्यस क्षेत्रको बढ्दो तापक्रम र अत्यधिक गर्मीले शताब्दीको अन्त्यसम्ममा सो स्थानलाई बस्नका लागि अयोग्य बनाइदिन सक्ने एक अध्ययनले देखाएको छ ।
सीएनएनका अनुसार वैज्ञानिकहरुले हालै गरेको नयाँ अध्ययनपछि यस्तो तथ्य पत्ता लागेको हो । यसैले कार्बनको प्रयोगमा भारी कटौति नभएसम्म सो क्षेत्रको मौसम पूर्ण रुपमा बदली हुने र तातो हावाको लहर बढ्दै जाँदा केही वर्षपछि मानिसहरु घरबाहिर काम गर्नै नसक्ने अवस्था आउने वैज्ञानिकहरुको भनाइ छ ।
सो भूभागमा राजधानी बेइजिङ पनि पर्ने हुँदा यसबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ । वास्तवमा त्यहाँका ४० करोड भन्दा बढी जनता कृषिमा सक्रिय रहेकाले पनि मौसमको अवस्थाले उनीहरुको पेशा लगायत जीवनशैलीमा ठूलो प्रभाव पार्ने निश्चित छ । अध्ययनका अनुसार बढ्दो तापक्रम र उच्च ह्युमिडिटीको अवस्थामा बाहिर बस्दा स्वस्थ मानिसको समेत ६ घण्टामै ज्यान जान सक्छ । त्यसकारण यसले कृषि क्षेत्रमा आबद्ध मानिसहरुलाई बिना कुनै उपकरण बाहिरी कार्यमा संलग्न हुँदा ठूलो खतरा निम्त्याउने बताइएको सीएनएनको समाचारमा जनाइएको छ ।
यसरी जलवायु परिवर्तनको क्रम जारी रहने हो भने भविष्यमा सो क्षेत्र अत्यन्तै भयानक ताप लहरको शिकार बन्ने एमआइटीका प्रोफेसर एल्फेथ एल्ताहिरले बताएका हुन् । उनी भन्छन्, ‘चीन वर्तमानमा ग्रीनहाउस ग्यास उत्सर्जन गर्ने सबैभन्दा ठूलो योगदानकर्ता हो । र वर्षौँदेखि यसले चीनकै जनसङ्ख्यामा गम्भीर प्रभाव पार्दै आएको छ ।’
त्यसकारण पनि अहिलेको अवस्था जारी रहने हो भने यसले पृथ्वीमा सबैभन्दा बढी जनसङ्ख्या भएको देशको अधिक आबादीयुक्त क्षेत्रमा समेत मानव जीवनलाई सीमित गराइ बस्नका लागि अयोग्य बनाइदिने उनको भनाइ छ । यो अध्ययन मानिसहरु सीमित तापक्रममा मात्र बाँच्न सक्छन् भन्ने खोजमा आधारित भएर सुरु गरिएको थियो ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
८ कार्तिक २०८३ नेपालको न्यायप्रणाली परम्परागत रूपमा कागजी कार्यविधि, भौतिक उपस्थिति र प्रशासनिक ढिलासुस्तीबाट गुज्रिँदै
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी