August 5, 2018

अत्याधिक गर्मीले चीनलाई बस्नै अयोग्य बनाइदिने खतरा !

 

श्रावण २०

अत्याधिक गर्मीले चीनलाई बस्नै अयोग्य बनाइदिने खतरा !

एजेन्सी । विश्वमै सबैभन्दा बाक्लो मानव वस्ती रहेको चीनको राजधानी बेइजिङसहित चीनको उत्तरी समथर भूभागमा पछिल्लो समय जलवायु परिवर्तनको अत्याधिक प्रभाव देखिएको वैज्ञानिकहरुको भनाइ छ । यसै कारण केही वर्ष यतादेखि त्यस क्षेत्रको बढ्दो तापक्रम र अत्यधिक गर्मीले शताब्दीको अन्त्यसम्ममा सो स्थानलाई बस्नका लागि अयोग्य बनाइदिन सक्ने एक अध्ययनले देखाएको छ । 

सीएनएनका अनुसार वैज्ञानिकहरुले हालै गरेको नयाँ अध्ययनपछि यस्तो तथ्य पत्ता लागेको हो । यसैले कार्बनको प्रयोगमा भारी कटौति नभएसम्म सो क्षेत्रको मौसम पूर्ण रुपमा बदली हुने र तातो हावाको लहर बढ्दै जाँदा केही वर्षपछि मानिसहरु घरबाहिर काम गर्नै नसक्ने अवस्था आउने वैज्ञानिकहरुको भनाइ छ ।

सो भूभागमा राजधानी बेइजिङ पनि पर्ने हुँदा यसबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ । वास्तवमा त्यहाँका ४० करोड भन्दा बढी जनता कृषिमा सक्रिय रहेकाले पनि मौसमको अवस्थाले उनीहरुको पेशा लगायत जीवनशैलीमा ठूलो प्रभाव पार्ने निश्चित छ । अध्ययनका अनुसार बढ्दो तापक्रम र उच्च ह्युमिडिटीको अवस्थामा बाहिर बस्दा स्वस्थ मानिसको समेत ६ घण्टामै ज्यान जान सक्छ । त्यसकारण यसले कृषि क्षेत्रमा आबद्ध मानिसहरुलाई बिना कुनै उपकरण बाहिरी कार्यमा संलग्न हुँदा ठूलो खतरा निम्त्याउने बताइएको सीएनएनको समाचारमा जनाइएको छ ।

यसरी जलवायु परिवर्तनको क्रम जारी रहने हो भने भविष्यमा सो क्षेत्र अत्यन्तै भयानक ताप लहरको शिकार बन्ने एमआइटीका प्रोफेसर एल्फेथ एल्ताहिरले बताएका हुन् । उनी भन्छन्, ‘चीन वर्तमानमा ग्रीनहाउस ग्यास उत्सर्जन गर्ने सबैभन्दा ठूलो योगदानकर्ता हो । र वर्षौँदेखि यसले चीनकै जनसङ्ख्यामा गम्भीर प्रभाव पार्दै आएको छ ।’ 

त्यसकारण पनि अहिलेको अवस्था जारी रहने हो भने यसले पृथ्वीमा सबैभन्दा बढी जनसङ्ख्या भएको देशको अधिक आबादीयुक्त क्षेत्रमा समेत मानव जीवनलाई सीमित गराइ बस्नका लागि अयोग्य बनाइदिने उनको भनाइ छ । यो अध्ययन मानिसहरु सीमित तापक्रममा मात्र बाँच्न सक्छन् भन्ने खोजमा आधारित भएर सुरु गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक