३० ओभरमा नेदरल्यान्ड्सको ४ विकेटको क्षतिमा १२९ रन

 एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले ३० ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १२९ रन बनाएको छ ।

आफ्नो पाचौ ओभर बलिङ गर्न आएका बसन्त रेग्मीले यो ओभरमा ६ रन खर्चिए ।

नेदरल्यान्ड्सका मिचेल रिप्पोन ३३ रनमा र बास डे लिडे २६ रनमा खेलिरहेका छन् ।

यसअघि सन्दीप लामिछानेले स्टेफन मेबुर्घलाई २९ रनमा बोल्ड आउट गराएका थिए । त्यस्तै, कप्तान पारस खड्काले २ विकेट लिइ सकेका छन् । उनले नेदरल्यान्ड्सका वेस्लेय बरेसीलाई १२ रनमा आउट गराए भने बेन कोपरलाई २० रनमा एल्बीडब्लु आउट गराएका थिए । त्यस्तै, सोमपालले नेदरल्यान्ड्सका ड्यानियल टेर ब्राक १ रनमा आउट गराएका थिए ।

ऐतिहासिक एक दिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ निर्णय गरेसँगै नेपालले बलिङको निम्तो पाएको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेलमा प्रतिस्पर्धा गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति