यस्तो गाउँ जहाँ पत्नी गर्भवती हुनसाथ पतिले गर्छन् दोस्रो विवाह

water-wives-wellकाठमाडौं । शीर्षक पढेर तपाईलाई अचम्म लाग्न सक्छ श्रीमती गर्भवती हुनसाथ श्रीमानले किन अर्को बिबाह गर्छन् भनेर रु यो समाचार कतिलाई त विश्वास गर्न समेत गाह्रो हुनसक्छ तर यो सत्य हो । भारतको राजस्थानको केही गाँउहरुमा यस्तो प्रचलन अझैसम्म कायमै छ । अझ अचम्मको कुरा त के छ भने दोस्री या तेस्री श्रीमती बन्ने महिलाहरुलाई पनि विवाह गर्नुअघि यसबारेमा थाहा हुन्छ । अर्थात सहमतिमै यस्तो विवाह हुँदै आएका छन् ।

यो प्रथा राजस्थानको बाडमेर जिल्ला अन्र्तगत देरासर गाउँको हो । जहाँ पानीको अत्यन्त हाहाकार रहेको छ । उक्त गाउँका महिलाहरुको समय चर्को गर्मि र अत्यन्त चिसो समयमा पनि पूरैै दिन पानीको खोजीमा भौतारीदै बित्ने गर्दछ । यस ठाउँका युवतीहरुलाई सानैबाट पानी खोज्न र बोक्न सिकाइन्छ ।

विवाहपछि गर्भवती भएका महिलाहरुलाई दिनभरि पानी खोजेर भौतारिनु र पानी बोकेर घन्टौं हिड्नु खतरा हुने भएकोले गर्भवती भएको थाहा पाए पछि श्रीमानले दोस्रो बिबाह गर्ने गर्दछन् । दोसो्र बिबाह गरेपछि घरमा पानी बोक्ने मानिस हुनुको साथै गर्भवती श्रीमतीको स्याहार समेत गर्न सक्ने भएर यस्तो प्रथा चलिआएको बताइन्छ ।

राजस्थानको देरासरमा चलिआएको बहुबिबाहको प्रथा सदियौबाट चलिआएको हो । महाराष्ट्रको कति गाउँमा पानीकै कारणले पुरुष बहुबिबाह गर्न बाध्य भएको बताइन्छ ।

water-wives-walk

अत्यन्त सुख्खाग्रस्त क्षेत्रमा पानी ल्याउन धेरै गाउँहरु पार गरेर जानुपर्ने अवस्था छ । जसमा १०–१२ घन्टा सम्म लाग्ने गर्दछ । पछिल्लो तथ्यांक अनुसार महाराष्ट्रमा लगभग १९ हजार सुख्खाग्रस्त गाउँहरु रहेका छन् । यी गाउँहरुमा दोस्रो पत्नीलाई वाटर वाइफ भनेर सम्बोधन गरिन्छ । कतिपय गाउँमा त तिनवटा बिबाह समेत गरेको पाइएको छ । जहाँ पहिलो श्रीमतीले घर र बालबच्चा स्याहार्ने दोस्रो र तेस्रो श्रीमतीले पर्याप्त मात्रामा पानी बोक्ने जिम्मेवारी पाएका हुन्छन् ।

यी गाउँहरुमा दोस्रो तथा तेस्रो श्रीमतीहरु श्रीमानले छोडेका, बिधवा महिलाहरु बढि हुने गर्दछन् । कति गाउँहरुमा भने पुरुषहरुले कम उमेरका किशोरीहरु बिबाह गर्ने गरेका छन् । किनकी बढि उमेरका महिलाहरुको तुलनामा कम उमेरका किशोरीहरुले धेरै पानी बोक्न सक्षम हने उनिहरुको विश्वास रहेको छ ।

अनुसन्धानबाट यस्तो प्रथा धेरैजसो आदिवासी समुदायमा पाइएको छ । यस्तो प्रथाको भारतमा निकै विरोध हुदै आएपनि रोक्न अझै सकिएको छैन । अधिकारकर्मीहरुले यसलाई गैरकाननी बताउदै आएका छन् । पहिलो पत्नी वा दोस्रो पत्नीकै सहमतीमा यस्तो बिबाह हुने गरेको कारणले यस्तो प्रथा रोक्न मुस्किल हुदै आएको अधिकारकर्मिहरुको भनाइ छ । अधिकारकर्मीहरु अनुसार यसको लागि सरकारले महिला अधिकार, पानीको उपलब्धता र जनचेतनाको बिकासमा ठोस कदम चाल्न आवश्यक रहेको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि