एसिया कप छनोटमा नेपालले पहिलो खेल आमानसँग खेल्ने

अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने एसिया कप छनोट खेलको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल अगस्ट २९ तारिखका दिन ओमानसँग खेल्दैछ ।

नेपाल, ओमान, हङकङ, मलेसिया, युएई र सिंगापुरले छनोट खेल खेल्दैछन् ।

नेपालले छनोट खेलमा आफ्नो पहिलो खेल अगस्ट २९ मा ओमानसँग खेल्दैछ । त्यसैगरी, नेपालले दोस्रो खेल अगस्ट ३० मा युएईसँग खेल्दैछ, तेस्रो खेल सेप्टेम्बर १ मा मलेसियासँग खेल्दैछ ।

त्यस्तै पाँचौ खेल सेप्टेम्बर २ मा सिंगापुरसँग र लिग चरणको अन्तिम खेल सेप्टेम्बर ४ मा हंङकङसँग खेल्दैछ ।

एसिया कप छनोटको प्रथम र दोस्रोका लागि फाइनल खेल भने सेप्टेम्बर ६ मा हुनेछ ।

एसिया कप क्वालिफायरको विजेता एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । एसिया कप सेप्टेम्वर १५ देखि २८ सम्म युएईको दुबई र अबुधावीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति