जर्मन मिडफिल्डर ओजिलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । जर्मन फुटबल एसोशिएसन (जिएफए) को वक्तव्य सार्वजनिक भएपछि आफूलाई जातिवादीको आरोप लागेको भन्दै ओजिलले सन्यासको घोषणा गरेका हुन् ।

ozil

ओजिलले जातिवादी भन्दै आफूलाई अपमान गरिएको बताएका छन् । जातिवाद आफूलाई कहिलै स्वीकार्य नहुने पनि उनले स्पष्ट पारेका छन् । सन्यासको घोषणा गर्दै ओजिलले आफ्ना पुर्खाको अपमान गरिएको गुनासो गरेका छन् । 

रुस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेपछि आलोचना खेपेका ओजिल पछिल्लो समय टर्कीका राष्ट्रपतिसँगको भेटले थप आलोचित बनेका थिए । टर्की मूलका ओजिलले टर्कीका राष्ट्रपति रिसेप इर्डोगनलाई भेटेपछि उनी विवादमा तानिएका थिए ।

जर्मनीका दलहरुले ओजिलले टर्कीको समर्थन गरेको आरोप लगाउँदै आएका थिए । रसिया विश्वकपबाट बाहिरिएपछि ओजिलको आलोचना भएको थियो ।

सन् २००९ मा जर्मनीको टोलीमा डेब्यु गरेका ओजिलले राष्ट्रिय टोलीका लागि ९२ खेल खेल्दै २३ गोल गरिसकेका छन् । ओजिल सन् २०१४ को विश्वकप जित्दा जर्मनीका मुख्य खेलाडी रहेका थिए । पाँच पटक जर्मन प्लेयर अफ दि इयर चुनिएका ओजिलले सन् २०१२ र २०१६ को युरोकप समेत खेलेका थिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति