July 21, 2018

बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज अभ्यास खेल खेल्ने

काठमाडौं, साउन ५ ।लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्याम्पशायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने छ ।

खेल नेपाली समय अनुसार साँझ करिब ५ बजेबाट सुरु हुनेछ । ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ ।ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो । सन् १८८७ मा स्थापना भएको यो क्रिकेट क्लबका ४ सयभन्दा बढि सदस्य रहेका छन् ।

यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग टी–ट्वेन्टी खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसँग टी–ट्वेन्टी खेल खेल्नेछ ।चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लड्र्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।