
काठमाडौँ, २ साउन : नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो ।
मंगलबारदेखि लागू हुने सो नीतिअनुरुप नेपाली रुपैयाँ पाँच हजारसम्म वा अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबरको विदेशी मुद्रा र धारक विनिमय अधिकारपत्र नेपालबाट विदेश लैजान र विदेशबाट नेपाल ल्याउन सकिने सीमा निर्धारण गरेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले उल्लेख गरेका छन् ।
कुनै पनि व्यक्तिले आफ्नो देशबाहिर जाँदा त्यस्तो मुद्रा वा धारक विनिमय अधिकारपत्रको विवरण भन्सार अधिकृत र कार्गो, कुरियर हुलाकमार्फत् भए सम्बन्धित कार्यालयसमक्ष तोकिएको ढाँचामा उद्घोष गर्नुपर्ने बैंकले जानकारी गराएको छ । रासस
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना