काठमाडौँ, १ साउन । सरकार गठन पश्चात ३ सय वटा निर्णय भएका छन् । १ सय २० दिनको अबधिमा मन्त्रीपरिषद्ले ३ सय वटा निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।
यसमध्ये २०७४ फागुनमा ५२, चैत्रमा ४३, ०७५ वैशाखमा ६९, जेठमा १ सय ८ र असारमा २८ वटा निर्णय भएका छन् । तीमध्ये अधिकाशं निर्णय आर्थिक सहायकता, नियुक्ति सदरबदर, बैदेशिक भ्रमण स्वीकृत प्रकृतिका छन् । प्रधानमन्त्री केपी शर्मा वली नेतृत्वको सरकार २०७४ फागुन ३ गते गठन भएको हो ।
बहुमत प्राप्त सरकार बने पनि अपेक्षित उपलब्धिहरु हासिल गर्न नसकेको देखिएको छ । मन्त्रीपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानिय तहमा उद्योग ग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश सदमुकाममा आधुनिक र सुविधासम्पन्न खेलग्रामसहित रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो ।
यस्तै, प्रत्येक प्रदेशमा प्राबिधीक तथा व्यवसायिक महाविद्यालय स्थापना गर्ने पनि मन्त्रीपरिषद्को पहिलो बैठकको निर्णय हो । तर, ती निर्णय कागजमा मात्रै सीमित भएको देखिएको छ । सरकारले निर्णय गरे पनि कार्यान्वयन हुन नसक्दा नागरीकले असन्तुष्टि पोखीरहेका छन् ।
सरकारले दैनिक कार्यसञ्चालन बाहेक जनताको मन छुने गरी काम नगरेको सर्वसाधारण नागरीक रमेश पोख्रेल भन्नुहुन्छ । उहाँले भन्नुहुन्छ,– ‘ऊ बेँला सरकारले सबैलाई रोजगार दिन्छौं, सबै ठाउँमा बाटो पु¥याउँछौं । महगीं कम गर्छौं त भन्यो तर के गर्नु । अहिले हाम्रै लागि केहि गरेन ।’ नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएर काम गर्न नसक्दा सरकारप्रति असन्तुष्टी व्यक्त भइरहेको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउनुहुन्छ । नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा