एक तलाबाट अर्को तलासम्म सुलभ र छिटो पुग्नकालागि लिफ्ट प्रयोग गरिन्छ । प्रविधिको युगमा लिफ्टलाई सरल र उपयोगीको रुपमा लिईन्छ तर कहिले काही लिफ्ट भित्रै थुनिन या फस्न सकिन्छ जुन अत्याधिक डरलाग्दो अबस्था हुन सक्छ । यसर्थ लिफ्ट भित्र फसिएको अबस्थामा कसरी जिवित रहने यो जान्न अत्यन्तै महत्वपूर्ण हुन्छ । लिफ्टमा थुनिएको अबस्थामा के गर्ने के नगर्ने भन्ने बारे यहाँ चर्चा गरिएको छ, जान्नुहोस्
१. शान्त रहनु पर्छ आत्तिनु या डराऊनु हुँदैन
लिफ्ट भित्र थुनिएको अबस्थामा यदि अत्तालियौ भने हाम्रो सोच्ने क्षमतामा ह्रास आउँछ र के गर्ने के नगर्ने भन्ने निर्णय लिन सकिदैन । शान्त रहनुहोस् र याद गर्नुहोस् कि यो कुनै फिल्म नभएर वास्तविकता हो । खासगरि आधुनिक लिफ्टमा दुर्घटना आँउदैन र केबलहरु स्न्याप हुन सक्दैनन ।
२. यदि यो अँध्यारो छ भने, हल्का स्रोत फेला पार्नुहोस्
अहिलेको आधुनिक जमानामा सबैसँग मोवाईल फोन हुन्छ यसर्थ उज्यालोको लागि मोवाईलको लाईट पनि प्रयोग गर्न सकिन्छ ।
३. लिफ्टको माथि पट्टिको छतबाट भुलेर पनि भाग्ने वा निस्कने प्रयास नगर्नुहोस्
आधुनिक लिफ्टमा छतबाट निस्कने प्वालहरु हुँदैनन, यद्यपी लिफ्टको माथि पट्टिको छतबाट भाग्ने वा निस्कने प्रयास सोचेभन्दा बढी खतरा हुन्छ ।
४. कुनै पनि नकारात्मक विचारहरू बन्द गर्नुहोस् र सकारात्मक सोच्नुहोस्
चारैतिरको भित्तामा आफू बन्द भएको र श्वास फेर्न गाह्रो हुन्छ र अब बाच्दिन भन्ने सोच्दै नसोच्नुहोस्, सबै भित्ताहरु बन्द हुँदैनन श्वासप्रश्वासको लागि ब्यबस्थित बनाईको हुन्छ । लिफ्टमा क्यामेराहरु पनि जडान हुने भएकोले त्यस्ता कुनै हर्कत नगर्नुहोस् जुन रेकर्ड देखेर अरुले हास्ने बाटो पाऊन ।
५. प्रत्येक तलाका बटनहरु एक-एक गरेर थिच्नुहोस्
प्रत्येक तलाका बटनहरु एक-एक गरेर थिच्नुहोस् र प्रत्येक पटक “ढोका खोल्ने” बटन थिच्नुहोस् । यसो गर्दा कुनै बटनले काम नगरे या लिफ्ट भाँचिए – आफू लिफ्ट भित्र फसेको कोहीकसैलाई जानकारी गराऊनुहोस्
६. लिफ्टको ढोका बीचको ग्याप हेर्नुहोस्
यदि दुई ढोकाको वीचबाट उज्यालो / प्रकाश देख्नु भो भने सम्झनुहोस् तपाई कुनै तलाको नजिक फस्नु भएको छ र सहयोग र उद्दारको लागि कराउनुहोस । तर याद राख्नुहोस् आफै ढोका खोल्ने प्रयास नगर्नुहोस्, यदि खोल्ने प्रयास गरियो र आफसेआफ लिफ्ट शुरु भयो भने त्यसको नतिजा भयानक हुनेछ ।
यदि दुई ढोकाको बीचबाट उज्यालो देख्न सक्नु भएन भने सम्झनुहोस् तपाई कुनै दुई तलाको बीचमा फस्नु भएको छ । तब तपाईको आवाज प्राय कसैले सुन्दैन त्यसैले लिफ्ट बटनमा हेर्नुहोस् त्यहाँ टेलिफोन वा अलाराम बटन छ छैन, यदि छ भने त्यसलाई बारबार बजाई रहनुहोस् जबसम्म अरुले थाहापाऊदैनन । बाहिरबाट कुनै संकेत आए बजाऊन छाडिदिनुहोस्
लिफ्टको बटन प्यानल वा आपातकालीन फोन जुन लिफ्टमा बनाइन्छ, सामान्यतया बटन प्यानल अन्तर्गत ढोका पछाडि राखिएको वा आन्तरिक वा अलार्म बटन प्रयोग गरी मद्दतको लागि कल गर्नुहोस्।
यदि कसैले सुने जस्तो लागेन भने आश नमार्नुहोस् लगातार बटन थिचिरहनुहोस्
७. समयको जाँच गर्नुहोस्
फसेको आधाघण्टा भन्दा बढी भैसक्दा पनि कोहि आएको संकेत नभए जुत्ता चप्पल खोल्नुहोस् र लिफ्टो भित्तामा ठोक्नुहोस् । यदि बिल्डिङमा कोही छैनन सबै गईसकेका छन भने तपाई आफैले स्वीकार गर्नुहोस्की पुरै रात तपाईले लिफ्ट भित्रै बिताऊनुपर्ने छ । अब बल खेरा नफाल्नुहोस् थाकेको शरिरलाई आराम दिन लिफ्टमै सुत्ने योजना बनाऊनुहोस्, भोलीपल्ट भएपछि बिल्डिङमा मानिसहरु उपस्थित हुनेछन त तपाईको उद्दार गर्नेछन ।
८. आफ्नो फोन चेक गर्नुहोस्
बिल्डिङ बन्द हुनु पुर्व तपाईको आफ्नो मोवाईलमा सिग्नल वा ईन्टरनेट छ छैन चेक गर्नुहोस् । यदि छ भने सहयोगका लागि फोन गर्नुहोस्, आफ्नो अबस्थाबारे जानकारी दिनुहोस्, भवनको ठेगाना वा लोकेशनको जानकारी गराऊनुहोस् र उद्दारको लागि अनुरोध गर्नुहोस्
ईन्टरनेट चलेको छ भने फेसबुक, ट्वीटर, बाट्सएप, ईमो, भाईवर ईत्यादि कुनै पनि संजालबाट कोही कसैलाई खबर गर्नुहोस् र उद्दारको लागि अनुरोध गर्नुहोस्
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना