नियमविपरित सञ्चालन गरेका मेडिकल र पोलिक्लिनिक सिलबन्दी

धनकुटाको पाख्रिवास नगरपालिका बजार भित्र आवश्यक प्रक्रिया नपु्र्याई सञ्चालनमा रहेका पोलिक्लिनिक सहित फार्मेसीमा तालाबन्दी र सिलबन्दी गरिएको छ ।

36996384_674419769574436_3541207948665552896_n

बुधबार सहायक प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.फणिन्द्र बराल लगायतका विभिन्न सरोकारवाला निकायबाट अनुगमनमा खटिएका टोलीले म्याद सकिएका औषधी, मापदण्ड विपरित संचालनमा रहेका फार्मेसी, मेडिकल हल र पोलिक्लिनिक फेला पारेपछि पाख्रिवास बजारमा संचालित ५ वटा स्वास्थ्य संस्था बन्द गरिएको हो ।

पोलिक्लिनिक, फार्मेसी र मेडिकल हलले अनुमती नै नलिई विरामी भर्ना र मापदण्ड विपरित नक्कली डाक्टर बनेर सर्वसाधारणबाट मनोमानी ढंगले रकम असुल्ने जानकारी पाएपछि अनुगमनमा जाँदा फार्मेसी, मेडिकल हल र पोलिक्लिनिकले नियम विपरित काम गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।

सिलबन्दी गरिएका पोलिक्लिनिक, मेडिकल हल र फार्मेसीहरुमा हिले मेडिकल, मांखिम मेडिकल, बेन्जिला मेडिकल, एमएस मेडिकल, पाथिभरा मेडिकल र पाख्रिवास सामुदायिक पोलिक्लिनिक रहेका छन् ।

यी ५ वटै मेडिकल हल, फार्मेसी र पोलिक्लिनिक मापदण्ड विपरित संचालन भईरहेको भन्दै अनुगमन टोलीले तालाबन्दी गरी हिजो बुधबार जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन दिएको थियो । हिले मेडिकलमा विना स्वीकृति विरामीको जाँच तथा प्रयोगशाला परीक्षणको कार्य समेत हुने गरेको, साइनबोर्ड नराखिएको र अधिकार प्राप्त डाक्टरको प्रेस्किृप्सनको आधारमा मात्र औषधी बिक्री गर्नु पर्नेमा आफूखुशी औषधी बिक्री गर्ने गरेको र म्याद नाघेका औषधि समेत पसलमा राखेको अनुगमन टोलीले भेट्टाएको थिए ।

त्यस्तै मांखिम मेडिकलमा विना स्वीकृति ल्याव चलाएको, विरामी भर्ना गरी उपचार गर्ने गरेको, म्याद नाघेको औषधी राखेको अवस्थामा फेला पारेका थिए । बेन्जिला मेडिकलमा विना दर्ता पोलीक्लिनीक सञ्चालन गरेको, स्वीकृति विना ल्याव, एक्सरे, माइनर अपरेशन, २४ घण्टे इमरजेन्सी सेवा, भिडियो एक्सरे, इसिजी लगायतका अत्याधुनिक सेवा समेत उपलब्ध गराउने गरेको पाइएको थियो ।

मेडिकलले सबै कामको लागि आवश्यक जनशक्ति वा अन्य पूर्वाधार केही पनि ब्यवस्था नगरी फर्माशिष्ट नपढेका व्यक्तिले औषधी पसल सञ्चालन गरी बिक्रि वितरण गर्ने गरेको पाइएको थियो ।

अरु २ वटा मेडिकलमा भने अनुगमन टोली पुग्दा ताला लगाएर भागेका थिए । अनुगमन टोलीले त्रुटि भएका कारण मेडिकल बन्द गरेर भागेको भन्दै आफ्नो तर्फबाट थप ताला लगाई आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन आउने खबर छाडेका थिए ।

२८ गते बेन्जिला मेडिकल बाहेक अरु चारवटा मेडिकलका सञ्चालकहरु जिल्ला प्रशासन कार्यालयमा कागजात सहित उपस्थित भएका थिए ।

सञ्चालन गरेको स्वास्थ्य संस्थाको प्रक्रिया नपुगेको देखिएपछि उनीहरुलाई थप कागज सहित १ हप्ता भित्र पुनः जिल्ला प्रशासनमा उपस्थित हुन निर्देश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

बाँकी कारबाहीको सम्बन्धमा प्राप्त कागजातह?को अध्ययन र आवश्यक अनुसन्धान पछि मात्र प्रकृया अघि बढाइने सहायक खतिवडाको भनाई छ ।

फार्मेसी सञ्चालकहरुले कागजात पुरा गर्ने प्रकृया अगाडी बढाईरहे पनि सरोकारवाला निकायबाट फाईल अघि नबढाइदिएको गुनासो गरेका छन् । ‘राज्यले दिने सेवा सुविधामा ढिलासुस्ती नगरीयोस, हामी विधिको शासन मान्न तयार छौं ।’ वेन्जिला मेडिकलका संचालक बलराम खड्काले भने । तर, स्रोतले दिएको जानकारी अनुसार उनले बाहिरको फार्मेसिष्टको प्रमाणपत्र किनेर मेडिकल पसल चलाएका छन् । उनलाई तपाईको मेडिकलमा को फर्मोसिष्ट छ भनेर प्रश्न गर्दा उत्तर दिएनन् । ‘तपाईलाई सबै डकुमेण्ट चाहिए यहिँ आउनुहोला, मैले सबै प्रकृया पुरा गरेर मेडिकल चलाएको हुँ ।’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार उनले अर्काको प्रमाणपत्र लिएर मेडिकल चलाएको पाइएकोले तालाबन्दी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व