यात्राकाे क्रममा वान्ता गर्नुहुन्छ ? रोक्ने घरेलु उपाय !

vomitयात्रा गर्दै हुनुहुन्छ ? अदुवा र ल्वाङ लग्न पक्कै नबिर्सिनुस् । मसलाका रूपमा प्रयोग गरिने अदुवा र ल्वाङ प्रत्येक घरमा उपलब्ध हुन्छन् । यस्ता खाद्यवस्तुले खानाको स्वाद मात्र बढाउँदैन, औषधीको रूपमा समेत काम गर्छ ।

त्यसैले त, पहिले पहिलेका बुढापाका तथा ऋषिमुनिहरूले अदुवा, ल्वाङ्ग, कागती लगायतलाई औषधीका रूपमा वर्णन मात्र गरेका छैनन्, औषधीकै रूपमा समेत प्रयोग गर्दै आएका छन् ।

 

अदुवा

अदुवा यस्तो खाद्य वस्तु हो जुन प्रत्येक घरको भान्छामा देख्न सकिन्छ । अदुवाले खानाको स्वाद मात्र बढाउँदैन । वाकावाकी वा वान्ता रोक्न समेत मद्दत गर्छ ।

यात्राको दौरान वान्ता आउला जस्तो भएमा वा वाकवाकी लागेमा अदुवाको गोली वनाएर वा अदुवा हालेको चियाको सेवन गरेर समस्यालाई तुरुन्तै रोक्न सकिन्छ ।

ल्वाङ

मसलाको रूपमा प्रयोग हुने ल्वाङले खानाको स्वाद मात्र बढाउँदैन । विभिन्न रोगहरूमा औषधीको रूपमा समेत काम गर्छ । विशेषगरी, लामो दुरीको यात्राका क्रममा एक टुक्रा ल्वाङलाई मुखमा राख्दा यसले मुखलाई मिठो त बनाउँछ नै औषधीको रूपमा वान्ता रोक्न समेत सघाउ पुर्‍याउँछ ।

पुदिनाको सेवन

गर्मी मौसममा पुदिनाकेा सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले शरीरलाई गर्मी हुनबाट जोगाएर शरीरलाई चिसो राख्न मद्दत गर्छ । साथै, यसले यात्राको दौरान वाकवाकी लाग्न तथा वान्ता हुनबाट समेत जोगाउँछ ।

एउटा रुमालमा केही थोपा पुदिनाको तेल राख्ने र, त्यो रुमाललाई बेला बेलामा सुँघ्ने । यति गरे मात्र पनि लामो यात्राका क्रममा वान्ता हुने समस्याबाट जोगिन सकिन्छ ।

प्याजको रस

प्याज मन नपर्ने विरलै होलान् । सलादको रूपमा होस्, वा तरकारी, प्याजका परिकार हरेक घरमा बन्ने गर्छ । तर यसलाई औषधीको रूपमा भने कतिले प्रयोग गर्लान् ? प्याज औषधीको रूपमा पनि प्रयोग हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर यो औषधीको रूपमा मात्र हैन, वान्ता रोक्नका लागि पनि रामवाणको रूपमा प्रयोग हुने गर्छ । एक चम्चा प्याजको रसमा एक चम्चा अदुवाको रस मिसाएर सेवन गर्दा वान्ता रोक्ने मात्र हैन, यात्राको दौरान वाकवाकी लाग्ने समस्या समेत हुन दिँदैन ।

कागती

कागतीलाई औषधीको रूपमा पनि लिइन्छ । यसमा पाइने साइटि्रक एसिडले उल्टी तथा वाकवाकी लाग्नबाट रोक्ने गर्छ । त्यसैले त बूढापाकाहरू वाकवाकी लागेमा वा धेरै वान्ता भएमा कागती चुस्न सल्लाह दिने गर्छन् ।

दालचिनी पानी

वान्ता रोक्ने विभिन्न घरेलु औषधीकेा सूचीमा दालचिनी पानी पनि पर्छ । दालचिनीलाई तातोपानीमा पकाएर त्यसमा मह मिसाएर पिएको खण्डमा पनि यात्रामा वान्ता हुँदैन । यो सुरक्षित तथा उपयोगी भएकै कारण मोसन सिकनेस भएमा समेत गर्भवती महिलाहरूलाई दालचिनी पानी खान सुझाव दिइने गरिन्छ ।

सुन्तलाको रस

सुन्तलाको रसले वान्ता तथा वाकवाकी लाग्ने समस्यालाई तुरुन्तै कम गर्छ । त्यसैले बूढापाकाहरू यात्राका दौरान सुन्तला खान सुझाव दिने गर्छन् । सुन्तलाको जुस वा रसमा केही थोपा अदुवा तथा पुदिनाको रस मिसाएर पिएको खण्डमा यसले वान्ता हुने व्यक्तिमा चमत्कार नै गराइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।