नेइमारबाट ‘नाटक’ सिकेको भन्दै एम्बाप्पेको आलोचना

रसियामा जारी विश्वकप  फुटबलमा खेल कौशलभन्दा बढी नाटकीय प्रदर्शन र फुर्ति देखाएकोमा ब्राजिलका  स्टार स्ट्राइकर नेइमारको आलोचना भयो।

1531203650mbappeandneymar

ब्राजिल यतिबेला विश्वकपको क्वार्टर फाइनलबाटै बाहरिसकेको छ। तर नेइमारबाट ‘नाटक’ सिकेको भन्दै फ्रान्सका उदयीमान खेलाडी केलियन एम्बाप्पेको आलोचना भइरहेको छ।

१९ वर्षिय स्टार खेलाडी एम्बाप्पेले पेरिस सेन्ट जर्मनका साथी नेइमारबाट यस्तो नाटकीय प्रदर्शन र फुर्ती सिकेकोमा आलोचना भएको छ। विश्वका सबैभन्दा महंगा खेलाडी नेइमार र उनको टोली क्वार्टरफाइलनमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो।

नेइमारको जस्तै प्रदर्शन गर्न खोज्दा नयाँ र युवा खेलाडीमा नकरात्मक असर पर्ने चिन्ता गरिएको छ। पछिल्ला कैयौं खेलमा एम्बाप्पेको प्रदर्शन नेइमारबाट प्रभावित देखिएको हो।

अर्जेन्टिनाविरुद्ध ४-३ को जित निकाल्दा एम्बाप्पेले २ गोल गरेका थिए।

एम्बाप्पेको खेल शैली ब्राजिलका रोनाल्डोसँग मिल्छ।

तर उरुग्वेविरुद्धको खेलमा भने एम्बाप्पेले मैदानमा फुर्ति देखाए।

रोड्रिगेजसँग बल नियन्त्रणका लागि संघर्ष गर्दा फुर्ति देखाएका एम्बाप्पे लड्न पुगे। त्यसपछि एम्बाप्पेले मैदानमा नाटकसमेत देखाए।

कोष्टारिकाविरुद्ध नेइमारको नाटकलाई एम्बाप्पेको यो नाटकसँग तुलना गरिएको छ। फ्रान्सका पूर्वखेलाडी एलेन जिरेसाले एम्बाप्पेलाई फ्रान्सबाट राम्रो कुरा मात्र सिक्न भनेका छन्।

‘उसले नेइमारबाट राम्रो कुरा मात्र सिक्नुपर्छ। रोड्रिगेजविरुद्ध उनले देखाएको व्यवहार निन्दनीय छ। नेइमार २६ वर्षका भए। एम्बाप्पे १९ का मात्र छन्,’ उनले भनेका छन्, ‘नेइमारले उनलाई सही सुझाव मात्र दिनुपर्छ। एम्बाप्पेले नेइमारलाई अझै छायामा पार्न सक्दैनन। उसले आफूलाई सुधार्नुपर्छ।’

फ्रान्सका पूर्वप्रशिक्षक लउरेन्ट ब्ल्याकले एम्बाप्पेको प्रदर्शन उत्कृष्ट भएप पनि सधैँ उसले हामीलाई जिताउँछ भन्ने नभएको बताए। ‘उ भर्खर १९ को छ। उसले बुझ्नुपर्छ, सबैथोक गर्न सकिदैँन, ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध