छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् ।
हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुनसचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो ।
‘तपाईंको मुख्य माग पूरा भइहाल्यो, अब अरू पनि पूरा गर्दै जान्छौँ, अनशन तोडिदिनुपर्यो,’ कानुनसचिव राजीव गौतमले आईसीयूमै पसेर गंगामायालाई भनेका थिए, ‘ज्यान रहे मात्रै न्यायको अर्थ रहन्छ, त्यसैले अब खाइदिनुस् ।’ जवाफमा गंगामायाले यसअघि पनि ६ पटक यसैगरी उधारो अश्वासन दिएर अनशन तोडाएको भन्दै अब आफू नझुक्किने बताइन् ।
‘अरू अपराधी पनि छन्, तिनलाई समातेर ल्याउनुस्, मेरो बेपत्ता छोरालाई खोजिदिनुस्, मेरो बसोबासको व्यवस्था मिलाइदिनुस्,’ उनले भनिन्, ‘त्यसपछि म तपाईंले नखा भने पनि खान्छु, यसरी फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा